ताजा समाचार

तेह्रथुम प्रदेश ‘क’ एमाले विजयी

तेह्रथुम, २४ मंसिर । तेह्रथुममा प्रदेश ‘क’ मा नेकपा एमालेका लक्ष्मण तिवारी ११ हजार ७२६ मत ल्याई विजयी हुनुभएको छ ।  उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोविन्द ढुंगानाले १० हजार २६० मत प्राप्त गर्नुभयो । जिल्लाका म्याङ्लुङ र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका रहेको सो निर्वाचन क्षेत्रमा २४ हजार २३० मत खसेको थियो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org