ताजा समाचार

नयाँ रेकर्ड बनाउँदै झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली विजयी

झापा, २४ मंसिर । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट विजयी भएका छन् । ओली ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यो निर्वाचनमा अहिलेसम्म विजयी उम्मेदवारले ल्याएको मत मध्ये ओलीको मत सर्वाधिक हो । उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याए । ओलीले अधिकारीको भन्दा दोब्बर बढी २८ हजार ८ सय ८८ मत बढी ल्याएका हुन् ।

२००८ साल फागुन ११ गते तेह्रथुमको इवा गाउँमा जन्मिएका ओली अहिले सम्म सबैभन्दा बढी मत ल्याउने नेताका रुपमा चिनिएका छन् । बाबु मोहनप्रसाद ओली र आमा मधु ओलीको कोखबाट जन्मिएका ओलीले भारतले लगाएको नाकाबन्दीका बेला लिएको राष्ट्रिय अडानका कारण निकै चर्चामा छन् । एमाले संसदिय दलका नेता समेत रहेका ओली २०७२ असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्री बनेका थिए ।

त्यसअघि गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसमेत भईसकेका थिए । ओली २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिउ । ओली २०५१ सालदेखि २०५२ सालसम्म गृहमन्त्री थिए । २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्र मन्त्री बनेका थिए ।

२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । २०२८ सालको झापा आन्दोलनका प्रमुख मध्येका एक रहेका ओली त्यही वर्ष जेल परेका थिए । ओली तत्कालिन नेकपा (माले) का संस्थापक नेता समेत हुन् ।

पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओलीले २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन बिताएका थिए । ओली २०४८, २०५१ र २०५६ को आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने झापाको क्षेत्र नमबर ७ बाट पराजित भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org