ताजा समाचार

दुई श्रीमती साक्षी राखेर आरजुलाई हराउने नारदमुनिले यस्तो भने…

धनगढी, २४ मंसिर । कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले नेता नारदमुनि रानाले चुनावी प्रतिबद्धता पुरा गर्ने बताएका छन् । बाम गठवन्धनका तर्फबाट विजयी रानाले दुईवटै श्रीमतीलाई राखेर चुनावको बेला गरेका बाचा पूरा गर्ने प्रतिबद्धता दोहोराएका हुन् । संविधान कार्यान्वयन र मुलुकको विकासमा प्रतिवद्ध भएर लाग्ने उनले बताए ।

श्रीमानले चुनाव जितेको बधाइ दिन नारदमुनी रानाका श्रीमतीहरु मतदान अधिकृतको कार्यालय पुगेका थिए । दुईवटा श्रीमती भएकाले कसले पहिले टीका र माला लगाउने भन्ने समस्यासमेत भएको थियो । जेठी श्रीमतीले पहिले माला लगाइदिएकी थिइन् ।

रानाले प्रधानमन्त्री पत्नी आरजु राणालाई पराजित गरेका हुन् । रानाले २७ हजार २ सय २ मत प्राप्त गरे भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत प्राप्त गरेकी छन् । आरजु ४८ सय ८० मत अन्तरले पराजित भएकी हुन् ।

कैलाली क्षेत्र नम्बर ५ यसपालि सबैको चासोको क्षेत्र बनेको थियो । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू राणा देउवा उम्मेदवार बनेपछि सबैको चासोको क्षेत्र बनेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org