ताजा समाचार

एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतम पराजित, हारे लगत्तै काठमाडौं फर्किए

बर्दिया, २४ मंसिर । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष वामदेव गौतम पराजित भएका छन् । वर्दिया क्षेत्र नम्बर १ बाट गौतम कांग्रेसका संजयकुमार गौतमसँग ७ सय ५३ मतको अन्तरले पराजित भएका हुन् ।

सिचाइँ मन्त्रीसमेत रहेका संजय गौतमले ४४ हजार ८२९ मत ल्याए विजयी भएका हुन् । वामदेवले ४४ हजार ७६ मत ल्याए । एमाले र माओवादी गठबन्धनका सूत्रधारका रुपमा चिनिएका गौतम पराजित भएसँगै बर्दियाबाट काठमाडौं फर्किएका छन्।

वामदेव वाम गठबन्धनको तर्फबाट पराजित भएका एमालेका पहिलो शीर्ष नेता हुन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा बाहेकका अधिकांश शीर्ष नेताहरु पराजित भईरहेका बेला वामदेव पराजित हुँदा एमालेले ठूलो धक्का लागेको छ । यसअघि वाम गठबन्धकै तर्फ बाट गोरखाबाट उम्मेदवार बनेका माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ पनि पराजित भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org