ताजा समाचार

वाम गठबन्धनले हृदयेश त्रिपाठीलाई लगायो गुन, नवलपरासी १ बाट विजयी

नवलपरासी, २४ मंसिर । नवलपरासी क्षेत्र १ मा हृदयेश त्रिपाठी विजयी भएका छन् । बाम गठबन्धनबाट उम्मेदवार बनेका त्रिपाठी ३८ हजार ५ सय ९२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवकरणप्रसाद कलवारले ३३ हजार ५ सय ९१ मत ल्याए । त्रिपाठी राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेताबाट अलग भएर नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर चुनाव लडेका थिए ।

लामो समय तराई मधेस केन्द्रित दलमा रहेका नेता त्रिपाठी एमालेको सूर्य चिन्ह लिएर चुनाव लडेर विजयी भएका हुन् । त्रिपाठी ‘स्वतन्त्र राजनीतिक समूह’ निर्माण गरेर सूर्य चिन्हमा चुनाव लडेका थिए । त्रिपाठीसँगै बीके गुप्ता, पशुपतिदयाल मिश्र र जगदीश शुक्ला पनि सूर्य चिन्हमा चुनाव लडेका ह्न् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org