ताजा समाचार

सेञ्चुरी बैंक, अल्पाईन बैंक र सेती फाईनान्सको एकीकृत कारोबार सुरु

काठमाडौं, २५ मंसिर । सेञ्चुरी कमर्सियल बैंकले अल्पाईन डेभलपमेन्ट बैंक र सेती फाईनान्सलाई प्राप्ती गरीे एकीकृत कारोबार सुरु गरेको छ । ८ अर्ब पुँजी पुर्‍याउने शिलसिलामा “ख” वर्गको अल्पाईन डेभलपमेन्ट बैंक लिमिटेड र “ग” वर्गको सेती फाईनान्स लिमिटेडलाई प्राप्ती (एक्विजिशन) गरी एकीकृत कारोबार शुरु गरेको हो ।

आईतबार एक कार्यक्रमको आयोजना गरी एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवि नेपालले गर्नुभएको थियो । एकीकृत कारोबार पश्चात् बैंकको चुक्ता पुँजी ७ अर्ब ६८ करोड, निक्षेप ४९ अर्ब र कर्जा ४५ अर्ब रहेको छ ।

त्यस्तै बैंकका देशभर ८५ वटा शाखा कार्यालयहरु रहनेछन् । बोनस शेयर जारी गरी ८ अर्बको पुँजी पुर्‍याउने सेञ्चुरी बैंकको योजना रहेको छ भने निकट भविष्यमा एक सय भन्दा बढि शाखा कार्यालयहरुबाट सेवा विस्तार गर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org