ताजा समाचार

कृषि विकास बैँक घोटला काण्डः शाखा प्रबन्धकसहित थप तीन कर्मचारी पक्राउ

काठमाडौं, २५ मंसिर । कृषि विकास बैंकको न्युरोड शाखामा अनियमितता गरेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले न्यूरोड शाखामा कार्यरत शाखा प्रमुख गोपाल गिरी, कर्जा विभागका प्रमुख महेश्वर मरहठ्ठा र शाखा प्रबन्धक प्रेमहरि ढुङगेललाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान व्यूरोवाट खटिएको टोलीले केही समय अगाडि करिब पाँच करोड रुपैयाँ घोटालाको अनुसन्धानका क्रममा बैंकमा कार्यरत सहायक टेलर दीपिका रेग्मी र रमेश थापालाई पक्राउ गरेको थियो। दिपिका रेग्मीको मुख्य योजनामा बैंकको रकमलाई पेन्डिङ देखाएर घोटला गरिएको प्रहरी अनुसन्धानले देखाएको छ।

पक्राउ परेको यो समुहले कृषि बिकास बैंक लिमिटेड, रामशाहपथ, काठमाडौंको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाबको रकम ट्रान्सफर भएको देखाई बैंकको रकम एक आपसमा मिलेमतो गरी बैंकलाई हानी नोक्सानी पुर्याअउने उदेश्यका साथमा बैंकको मौज्दात रकम करिव चार करोड ९१ लाख हिनामिना गर्ने कार्यमा सहयोग गरेको देखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org