विवाह गर्न दर्जनौँ जोडी प्रशिद्ध मन्दिर उग्रतारामा
डडेल्धुरा २६ मंसिर । हिन्दू परम्पराअनुसार मंसिर महिना विवाह गर्न योग्य महिना भएकाले डडेल्धुरामा रहेको उग्रतारा मन्दिरमा दैनिक दर्जनौँ जोडी भेटिने गर्दछन् । पहिलापहिला छिटफुट रुपमा उग्रतारा मन्दिरमा विवाह गर्न आउने भएता पनि पछिल्लो समयमा भने विवाह गर्ने मानिसको संख्या बढेको उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेजबहादुर साकीले बताउनुभयो ।
उग्रतारा मन्दिर सबै क्षेत्रका मानिसका लागि पायक ठाउँमा भएकाले पनि विवाह गर्न दुलाहादुलहीका परिवारको मन्जुरीमा हुने गरेको डडेल्धुराका सञ्चारकर्मी टेकराज अवस्थीले जानकारी गराउनुभयो । विवाहको समयमा विभिन्न कारणले गर्दा घरमा भन्दा प्रायजसो मन्दिरमा विवाह गर्नेको संख्या धेरै पाइन्छ । दुई दिने विवाहको प्रचलन हराउँदै गएको अवस्थामा मन्दिरमा विवाह गर्ने मानिस बढेको सर्वसाधारणको बुझाइ रहेको छ । हिन्दू परम्पराका आधारमा एक दिवसीय विवाह गर्दा धेरै विवाहका कर्मकाण्ड पूरा नहुने पुरोहितको भनाइ रहेको छ । एक दिवसीय विवाह गर्दा विवाहका कर्मकाण्ड पुरा नभए पनि मन्दिरमा गर्दा सोसरह मानिने पण्डित लोकराज भट्टले बताउनुभयो ।
छोटो समयमा विवाह गर्नुपर्दा महत्वपूर्ण कर्मकाण्ड छुट्ने र ग्रहदशाका आधारमा समस्या आउन सक्ने बूढापाका बताउँछन् । एक दिवसीय विवाह कामचलाउ मात्र भएको र सिन्दूर हाल्ने औपचारिकता मात्रै दिने कार्य भइरहेको पण्डित प्रसाद भट्टले जानकारी गराउनुभयो । विवाह सम्पन्न हुञ्जेलसम्म पूरा गर्नुपर्ने मात्र समेत पूरा नहुने विवाह गराउने पण्डितको भनाइ रहेको छ । धर्मका अनुसार रातभर गराएको विवाह नै पवित्र मानिने भएपनि पछिल्लो समयसापेक्षता अनुसार एक दिवसीय विवाहको महत्व बढ्दै गएको युवापुस्ताको भनाइ रहेको छ ।
समयका आधारमा पनि दुई दिनको विवाह समयलाई एकदिनमा सम्पन्न गर्दा कम खर्चिलो र समय वचत हुने उग्रतारा मन्दिरमा विवाह गरिरहेका कैलाश पनेरुले बताउनुभयो । इष्टमित्र र नातेदारको समय पनि खेर नजाने र सबै कुराले एक दिवसीय विवाह नै उपयुक्त हुने गरेको पनेरुले बताउनुभयो । विवाहपश्चात् सुखद् जीवन बित्नु पर्छ भनेर मन्दिरमा भगवान्लाई साक्षी राखेर विवाह गर्दा कर्मकाण्ड उसै पनि पूरा हुने युवापुस्ताको भनाइ रहेको छ । चिसो मौसमका कारण पनि दुई दिवसीय विवाहभन्दा एक दिनमा नै विवाह सक्दा जन्तीमा जाने मानिसले पनि कष्ट भोग्नु नपर्ने हुन्छ ।
मंसिर महिना लागेदेखि नै उग्रतारा मन्दिरमा विवाह गर्न दैनिक दर्जन जोडी आउने गरेको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ । मन्दिर परिसरमा मण्डप निर्माण गरिएका भएता पनि कयौँ दिन मण्डपमा ठाउँ नभएर मन्दिर परिसरभित्र खुला ठाउँमा पनि विवाह गर्दै गरेका जोडी भेटिन्छन् । उग्रतारा मन्दिरमा विवाह गर्न मंसिरजस्तै अन्य महिनामा पनि घुइँचो लाग्ने गर्दछ । मन्दिरमा विवाह गर्दा समय र पैसाका हिसाबले पनि कम खर्चिलो हुने गर्दछ भने उग्रतारा क्षेत्र विकासको कोष पनि वृद्धि हुने गर्दछ । यसरी पछिल्लो समयमा विवाहका लागि उग्रतारा मन्दिर प्रशिद्ध विवाहस्थल बन्दै गइरहेको छ । रासस
Comments
अरु समाचार
-
एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार
काठमाडौं । नेपालले एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग लज्जास्पद हार खेपेको छ । चाइनिज ताइपेईमा जारी छनोटअन्तर्गत...
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
बङ्गलादेशले लगायो पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध
काठमाडौं । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला
काठामाडौं । धनुषाको धनुषा धाममा रहेको पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...