ताजा समाचार

प्रहरीको निर्देशन, ‘रेशम चौधरी जितको प्रमाणपत्र ल्याउन आउँदा च्याप्प समात्नु’

धनगढी, २६ मंसिर । प्रहरीको फरार सूचीमा रहेर पनि कैलाली क्षेत्र नम्बर १ बाट विजयी भएका रेशम चौधरीलाई पक्राउ गर्न प्रहरी हेडक्वार्टरले निर्देशन दिएको छ । टीकापुर घटनाका मुख्य आरोपित मानिएका चौधरी भूमिगत अवस्थामा नै चुनावमा होमिएका थिए ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट चुनाव लडेका चौधरी आफ्ना प्रतिस्पर्धी भन्दा २० हजार बढी मत ल्याएर सिंहदरबारको बाटो तय गरेका छन् । तर प्रहरीले भने उनलाई जितको प्रमाणपत्र समेत थमाउन नदिने तयारीमा रहेको छ ।

मंगलबार वियज जुलुस पनि चौधरी विना नै भएको थियो । प्रतिनिधि सभाको उम्मेदवार दर्तादेखि जितसम्म उनी आफ्नो ‘रोहरवर’ मै चले। चुनाव प्रचार प्रसारमा समेत सहभागी भएनन्। भिडियो च्याट र फोनबाट नै कार्यकर्ता परिचनाल गरे।

सोमवार सम्पन्न मत गणनामा चौधरीले ३४ हजार ३ सय ४१ मत ल्याए। उनका प्रतिस्पर्धी एमालेकी मदनकुमारी शाह (गरिमा) ले १३ हजार ४ सय ६ मत मात्र प्राप्त गरिन्। मंगलवार विहान कैलालीमा उनको अनुपस्थितिमै विजय जुलससमेत निस्किएको थियो । प्रहरी भने उनी आउँलान र पक्राउ गरौला भनेर प्रतिक्षामा बसेको थियो । तर त्यो पनि भएन्, किनकी विजयी जुलुसमा पनि उनी आएनन् ।

जुलुसमा नआएपनि जितको प्रमाणपत्र लिन आउलान् र समातौला भन्दै प्रहरीले सुरक्षा तैनाथी बढायो। प्रहरी प्रधान कार्यालय नक्सालले पनि चौधरीलाई कहीँ कतै देखे पक्राउ गर्ने निर्देशन दिइसकेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विनोद घिमिरेले निर्वाचित चौधरी फरार अभियुक्त भएकाले पक्राउ गर्ने तयारी भएको बताए ।

२०७२ साल भदैमा टीकापुरमा भएको आन्दोलनमा अञ्चल प्रहरी प्रमुखसहित सात प्रहरी र एक बालकको मारिएका थिए । घटनामा चौधरीलाई मुख्य योजनाकार रहेको प्रहरीले बताएपछि उनी फरार रहँदै आएका छन्। घटनामा संलग्न केही जेलमा छन्। तर उनी भने अझै पनि प्रहरीको फरार सूचीमै छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org