ताजा समाचार

समानुपातिकमा एमालेलाई १ लाख मतको अग्रता, दोस्रोमा कांग्रेस, तेस्रो माओवादी केन्द्र

काठमाडौं, २६ मंसिर । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको मतगणना पनि जारी छ । प्रत्यक्षतर्फको मतपरिणाम अनुसार नेकपा एमाले सबैभन्दा अगाडि रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेसभन्दा फराकिलो जीत निकालेको एमालेले समानुपातिकमा पनि अग्रता बढाउँदै लगेको छ ।

उसले झण्डै एक लाख मतले अग्रता लिएको छ । समानुपातिकमा झण्डै ४० लाख मतगणना हुँदा एमालेले १४ लाख ८ हजार ३३ मतसहित अग्रता लिएको छ । कांग्रेसले १३ लाख १७ हजार २ सय ७२ मत पाएको छ ।

माओवादी केन्द्रले ५ लाख ५६ हजार ९ सय २१ मत पाएको छ भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले १ लाख २१ हजार ५१ मत पाएको छ । फोरम नेपालपछि विवेकशील साझा पार्टी, राप्रपा, राजपा नेपाल, नयाँ शक्ति पार्टी, राजमो र राप्रपा प्रजातान्त्रिक रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org