ताजा समाचार

१२ पटक मन्त्री बनेका विजय गच्छदारले पाए सासुआमाबाट प्रधानमन्त्री हुने आशिर्वाद

सुनसरी, २७ मंसिर । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गञ्छदार विजयी भएका छन् । हरेक नयाँ सरकार गएर रेकर्ड नै कायम गरेका गच्छदार नेकपा एमालेकी भगवती चौधरीलाई ३२१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

चुनाव जितेसँगै गच्छदारले आफ्नी सासुआमाबाट प्रधानमन्त्री बन्ने आशिर्वाद पाएका छन् । बिराटनगरस्थित नेपाल राष्ट्र बैंकको आवास गृहमा बसेका गच्छदारले पत्रकारलाई कुनै प्रतिक्रिया दिएनन् । उपप्रधानमन्त्रीका रुपमा सरकारी आवासमा बसेका गच्छदारले इनरुवा पुगेपछि मिडियालाई प्रतिक्रिया दिने बताएका थिए ।

गच्छदारलाई सासूआमा पम्फादेवी श्रेष्ठले टाउको हात राखेर आर्शिवाद दिँदै भनिन्– ‘अब देशको प्रधानमन्त्री हुनू ।’ गच्छदारलाई सासूआमाले माला र टीका लगाएर आशिर्वाद दिइन् ।

त्यसैगरी सुनसरीको रामगञ्ज बेलगाछिया निवासी कांग्रेस निकत किसान संघका नेता ८४ वर्षीय प्रेमबहादुर गौतमले नवनिर्वाचित गच्छदारलाई आर्शिवाद दिए । पारिवारजनबाट आशिर्वाद लिएपछि गच्छदारले बिराटनगरमै खाना खाए ।

सुनसरी जान लागेका गच्छदारलाई प्रमुख जिल्ला अधिकारीले गाडी पठाइदिएका थिए । तर, उनले सिडियोको गाडी फर्काइदिएका छन् । उनी प्राइभेट गाडीबाट इनरुवातर्फ लागेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org