ताजा समाचार

विजयी उम्मेदवार गिरीराजमणि पोखरेल पराजित उम्मेदवारको घरमै पुगेपछि….

महोत्तरी, २७ मंसिर । महोत्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर–१ बाट विजयी भएका गिरीराजमणि पोखरेल पराजित उम्मेदवार सीताराम भण्डारीको घरमै पुगेका छन् । मतदाताको घरघरमा पुगेर आभार व्यक्त गर्ने क्रममा पोखरेल नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भण्डारीको घरमा पुगेका हुन् ।

घरमै पुगेका पोखरेललाई पराजित उम्मेदवार भण्डारीले बधाई दिएका थिए । भण्डारी ९ हजार ४ सय ७५ मत ल्याएर पोखरेलसँग पराजित भएका थिए । पोखरेल आफ्नो प्रतिस्पर्धी भण्डारीलाई भेट्न गौशाला नगरपालिका १० भरतपुर स्थित भण्डारीको निवासमा नै पुगेका थिए ।

संयुक्त बाम गठबन्धनका साझा उम्मेदवार पोखरेल घरैमा भेट्न आएपछि भण्डारी भावुक भएका थिए । उनले पोखरेलको प्रसंशा गर्दै पोखरेल सदाबहार नेता भएको उल्लेख गरे । भेटमा भण्डारीले पोखरेललाई जनताले दिएको मतको कदर गर्न आग्रह पनि गरे । जवाफमा पोखरेलले जनताले दिएको जनमतको सम्मान गर्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org