ताजा समाचार

डाक्टरको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै जनसागर उर्लिएपछि…

कालीकोट, २७ मंसिर । डाक्टरको लापरवाहीले सुत्केरीको ज्यान गएको भन्दै स्थानीय आन्दोलित भएका छन् । खाँडाचक्र नगरपालिका–१ की चन्द्रा शाहीको ज्यान गएपछि कालीकोटवासी आन्दोलित भएका हुन् ।

जिल्ला अस्पताल कालीकोटमा सुत्केरी भएर अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागि मंगलबार बिहान हेलिकोप्टरमार्फत काठमाडौं लगिएकी शाहीको अप्रेसनका क्रममा डाक्टरले लापरवाही गरेको भन्दै कालीकोटवासी आन्दोलित भएका हुन् । उनीहरूले डाक्टरलाई कारवाही र जिल्ला अस्पतालको सेवा सुविधा बढाउन माग गर्दै आन्दोलन गरेको बताएका छन् ।

सोमबार राती अप्रेसन गरेर छोरा जन्मिएपछि शाहीको अत्यधिक रक्तश्राव भएका कारणले हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको थियो । उपचारका लागि शिक्षण अस्पताल काठमाडौंमा पुर्याइएको शाहीको उपचार सुरु नहुँदै मृत्यु भएको स्थानीय दुर्गा शाहीले बताइन् । जिल्ला अस्पताल कालीकोटको लापरवाहीका कारणले सुत्केरीको मृत्यु भएको आफन्त गणेश शाहीले बताएका छन । उनले भने, ‘ज्यान लिने डाक्टरलाई कारवाही गरिनुपर्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org