ताजा समाचार

कांग्रेसको सहयोगमा चुनाव जितेका बाबुरामले खिचे रुखको फेदमुनी ‘सेल्फी’

काभ्रे, २७ मंसिर । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका डा. बाबुराम भट्टराई सुटुक्क काभ्रे पुगेका छन् । चुनावी धपेडीबाट मुक्त हुन नयाँशक्ति पार्टीका संयोजक समेत रहेको डा. भट्टराई सुटुक्क काभ्रे पुगेका हुन् ।

वामगठबन्धनका कारण गोरखा–२ को चुनाव निकै प्रतिस्पर्धात्मक बनेपछि भट्टराई गोरखा–२ बाट बाहिर निस्कन सकेका थिएनन्। झण्डै ७ हजार मतान्तरका साथ विजय हासिल गरेका भट्टराई आम मतदातालाई धन्यवाद दिएसँगै काभ्रे पुगेका हुन् ।

भट्टराईको साथमा नयाँशक्तिकी नेतृ समेत रहेकी पत्नी हिसिला यमी, छोरी मानुषी यमी भट्टराई र ज्वाईं जेकेन्द्र श्रेष्ठ समेत छन्। भट्टराईले त्यहाँ पुग्दा किताव सँगै लगेका छन् । चौतारो मुनि बसेर पढिरहेका भट्टराईको हातमा ‘सेभेन ह्याभिट्स अफ हाइली इफेक्टिभ पिपल’ नामको पुस्तक छ। त्यो पुस्तक मन्द मुस्कानका साथ पढिरहेका छन् उनी।

नेपाली कांग्रेसको सहयोगमा चुनाव जितेका भट्टराई रुखको चौतारोमुनि बसेर खिचिएको फोटो पनि निकै अर्थपूर्ण लाग्छ। चुनावी परिणामबाट भट्टराई खुसी हुनु स्वभाविक हो। उनीहरुले पनि विन्दास मुडमा रहेर तस्वीर खिचाएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org