ताजा समाचार

मतदानकै दिन पक्राउ परेका सिके राउत एक सातापछि रिहा

धनुषा, २७ मंसिर । चुनावको समयमा पक्राउ परेका सिके राउत रिहा भएका छन् । निर्वाचनको समयमा मतदाताहरुलाई भोट नहाल्न भन्दै प्रचार प्रसारमा हिडेको भन्दै प्रहरीले मंसिर २१ गते जनकपुरबाट पक्राउ गरेको थियो । निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम परिणाम सार्वजनिक भईसकेपछि राउत जनकपुर उच्च अदालतको आदेशमा रिहा भएका हुन् ।

राउतले टेलभिजनमा प्रत्यक्ष प्रसारणमार्फत् मधेसका जनतालाई चुनावमा सहभागी नहुन आह्वान गरेका थिए । प्रत्यक्ष प्रसारणमा रहेकै बेला नै प्रहरीले उनलाई पक्राउ गरेको थियो । राउतको स्थायी घर सप्तरी भए पनि असुरक्षाका कारण उनी जनकपुर बस्दै आएका थिए ।

चुनावका क्रममा सप्तरीस्थित उनको गाउँमा एक भोट पनि खसेको थिएन् । चुनावबाट जनप्रतिनिधिहरु निर्वाचित भइसकेपछि राउतलाई अदालतले विनाशर्त रिहा आदेश दिएको हो । उनीमाथि तराई–मधेसमा बसेर देश विखण्डनमा संलग्न भएको आरोप लाग्दै आएको छ ।

http://news-nepal.com/696082/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org