ताजा समाचार

समानुपातिकमा एमाले कांग्रेसभन्दा ९० हजार मतले अगाडि, तेस्रोमा माओवादी (पूर्णविवरण)

काठमाडौं, २७ मंसिर । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशतर्फको समानुपातिक तर्फको अन्तिम मत परिणाम आइसकेको छ । प्रत्यक्षतर्फको अन्तिम मत परिणाम सार्वजनिक भईसकेको भएपनि समानुपातिकतर्फको मत परिणाम आउनेक्रम भने जारी छ ।

पछिल्लो मतपरिणाम अनुसार एमालले नै अग्रता लिइरहेको छ । ६५ लाख ३४ हजार १९६ मत गणना हुँदा एमालेले २२ लाख ६२ हजार ५२६ मत प्राप्त गरेको छ । २१ लाख ७२ हजार ८०६ मतसहित नेपाली कांग्रेस दोस्रो स्थानमा छ । एमाले कांग्रेसभन्दा ८९ हजार ७२० मतले पछि परेको छ ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका पक्षमा ८ लाख ९४ हजार ४१२ मत खसेको छ । चौथो स्थानमा रहेको संघीय समाजवादी फोरम नेपालले २ लाख ९९ हजार ३४३ मत पाएको छ । त्यस्तै राष्ट्रिय जनता पार्टी २ लाख ३४ हजार ५५३ मत पाएर पाचौं स्थानमा रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org