ताजा समाचार

मध्यरातमा दरबारमार्गको नाइट क्लबमा तोडफोड, डीजे मार्समेलो आउने भन्दै लाखौं उठाईयो

काठमाडौं, २८ मंसिर । काठमाडौंको दरबारमार्गमा रहेको नाइट क्लब डेजाभूमा तोडफोड गरिएको छ । चर्चित अन्तर्राष्ट्रिय डीजे मार्समेलोले धोका दिएपछि उनका समर्थकहरुले नाइट क्लब डेजाभूमा बुधबार मध्यराति तोडफोड गरेका हुन् ।

पछिल्ला बर्षहरुमा निकै लोकप्रिय बनेका अमेरिकी डीजे मार्समेलो आउने भनी प्रतिब्यक्ति ४ हजार रुपैयाँसम्म लिएर आयोजकले हजारौं दर्शकलाई टिकट बेचेका थिए । तर, राती अबेरसम्म पनि डीजे मार्समेलो क्लबमा देखिएनन् । राती १ बजेतिरमात्र आयोजकले स्वास्थ्यका कारण उनी नआउने जानकारी दिएपछि आक्रोशित दर्शकले क्लबमा तोडफोड गरेका हुन् ।

डीजे नआएपछि आक्रोसित भिडले तोडफोड गरेको दरबारमार्ग प्रहरी वृत्तका प्रमुख डीएसपी तिलक भारतीले जानकारी दिए । उनले भने, ‘डीजे नआएपछि आक्रोसित भिडले तोडफोड गरेको हो । क्लबमा केही क्षति भएको छ ।’

बिहान ५ बजेतिर मार्समेलोले आफ्नो फेसबुक पेजमा स्वास्थ्यका कारण आफु काठमाडौंमा उपस्थित हुन नसकेको भन्दै क्षमा मागेका छन् । डाक्टरले आफूलाई आराम गर्न भनेका कारण आफू उपस्थीत हुन नसकेको उनको भनाइ छ । तर, उनी आउन नसक्ने सूचना किन बेलैमा दिइएन भन्नेबारे न त आयोजकले नै मुख खोलेका छन् नत डीजे मार्समेलो नै यसबारे बोलेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org