ताजा समाचार

जापानद्वारा उत्तर कोरियामाथि थप प्रतिबन्ध, अर्बौ डलर बराबरको सम्पत्ति जफत

एजेन्सी, २९ मंसिर । जापानले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले गर्दै आएको मिसाइल परीक्षण तथा उसको परमाणु कार्यक्रमका कारण तनाव बढेका बेला जापानले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाएको हो ।

जापानले उत्तर कोरियाका १९ कम्पनी तथा अरु केही व्यक्तिको सम्पत्ति फ्रिज गरेको छ । योसँगै उत्तर कोरियासँग आर्थिक कारोबार गर्दै आएका चीन तथा रुसका दुई सय १० भन्दा बढी कम्पनी तथा व्यक्ति प्रभावित भएका छन् । बैंकिङ क्षेत्र, कोइला तथा तेल र यातायात क्षेत्र लगायतको सम्पत्ति फ्रिज गरेको जापानको विदेशमन्त्रीले जनाएको छ ।

उत्तर कोरियाले गर्दै आएको परमाणु तथा मिसाइल परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढेको छ । यसले गर्दा अमेरिकासँगको सम्बन्धमा पनि थप चिसोपन आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org