चुनाव सकिएपछि नेताका गलामा अढाइ करोडको माला, तिहारमा भन्दा बढी कारोबार
काठमाडौं, २ पुष । तिहार सकिएको दुई महिना बितिसकेको छ । तिहारमा बढी बिक्री हुने सयपत्री फूलको कारोबार भने तिहारको समयभन्दा झन्डै दोब्बरले बढेको छ । तिहारलगत्तैदेखि चुनावी कार्यक्रम सुरु भएकाले नेताहरूको स्वागतका लागि सहरदेखि गाउँसम्म गोदाबरी फूलको कारोबार बढेको कारोबार दैनिकमा खबर छ ।
पुष्प कारोबार गर्नेका लागि चुनाव आम्दानीको बनेको छ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) का अनुसार चुनावी कार्यक्रमको करिव एक महिनामा करिव २ करोड ५० लाख रकम बराबरको मालाको कारोबार भएको छ । “चुनावको प्रचारप्रसारमा हिँड्ने नेताहरूलाई स्वागत गर्नका लागि यसपटक सयपत्री फूलको बढी प्रयोग भएको देखिएको छ,” फ्यानका अध्यक्ष कुमार कसजु भन्छन्, “सहरदेखि गाउँसम्म चुनावी अभियानमा जताततै फूलको प्रयोग भएको छ, यसले पुष्प बजार थप चलायमान भएको छ ।” तिहारको अवधिमा औषतमा दैनिक ५ हजारदेखि ७ हजार गोटा सयपत्री फूलको माला बिक्री हुने गरेकोमा चुनावी अभियानका क्रममा १० देखि १२ हजार गोटा पुगेको गरेको उनले बताए ।
नेता कार्यकर्ता सबैले चुनावी अभियानका क्रममा घरदैलो तथा आमसभा गर्दा पनि सयपत्री फूलको माला नै प्रयोग गर्ने गरेको फेसबुकका भित्ताहरूमा बर्गेल्ती पाइन्छन् । पछिल्ला वर्षमा अतिथि सत्कार वा सम्मानका लागि सिल्क कपडाबाट बनाइएका खादाहरूको प्रचलन बिस्तारै घट्दै गर्दा यस्ता कार्यक्रममा पुष्पको प्रयोग हुन थालेको हो । बागमती सरसफाई गर्दा अत्यधिक मात्रामा खादा भेटिएपछि तत्कालीन सरकारका मुख्यसचिव तथा वागमती सरसफाइ कार्यक्रमका अगुवा लिलामणि पौडेलले खादाले माटो प्रदूषित हुने भएकाले खादाको सट्टा मालाको प्रयोग गर्ने अभियान नै चलाएका थिए ।
हिमाल, पहाड, तराइ तिनै क्षेत्रमा सकेसम्म फूलको माला नै प्रयोग गर्ने गरेको पाइएको छ । “यसपटक तिहार छिट्टै परेकाले धेरैजसो भेगमा तिहार सकिएपछि मात्र सयपत्री फूलेका थिए, फूलेका सयपत्रीको बिक्री गर्न चुनाव सुनौलो अवसर बनेको पाइयो,” अध्यक्ष कसजु भन्छन्, “प्रत्यक्ष रूपमा किनबेचबाहेक गाउँगाउँमा किसानहरूले आफ्नो करेसाबारीमा रहेको फूल टिपेर उम्मेदवारहरूलाई माला उनेर लाइदिएको पनि पाइएको छ ।” तिहारलगत्तै सयपत्री फूलको माग घट्ने गरेकोमा चुनावकै कारण तिहारलगत्तै माग ह्वात्तै बढेको बताउने उनी दैनिक करिव ८ देखि ९ लाख रुपैयाँ बराबरको सयपत्री फूलको कारोबार हुने गरेको बताउँछन् ।
Comments
अरु समाचार
-
सुनको मूल्य ह्वातै घट्यो
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार आठ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...
-
चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न
काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न...
-
गौतमबुद्व विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि स्थानीय उत्साहित
भैरहवा- थाइल्याण्डको वायुसेवा कम्पनी एअर एशियाले एयरबस ए–३२० बाट भैरहवामा परीक्षण उडान गरेको छ । लामो समयदेखि प्रतिक्षरत भैरहवास्थित गौतमबुद्व...
-
आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
-
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वदेश फिर्ता
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा सम्पन्न विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा सहभागी...
-
चार महिनामा एक करोड ६० लाख राजस्व सङ्कलन
काठमाडौं । सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले चालु आर्थिक वर्षको चार महिनामा रु एक करोड ६० लाखभन्दा बढी...
-
सुनको मूल्य हालसम्मकै महँगो
काठमाडौं । सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा...
-
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, यूरो बढ्यो
काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर...
-
तिहार अघिको अन्तिम कारोबार दिन नेप्से घट्यो
काठमाडौं । शेयर बजार परिसूचक नेप्से तिहार अघिको अन्तिम कारोबार दिन बुधबार १४.४३ अंकले घटेर २६७७ बिन्दुमा झरेको छ ।...