उपत्यकामा कवाडी सामान सङ्कलकको भेषमा चोरी गर्ने ‘चल्ला’ समूह पक्राउ
काठमाडौं, २ पुस । कवाडी सामान सङ्कलकको भेषमा चोरी गर्ने कार्यमा संलग्न समूहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले कवाडी सामान सङ्कलन गर्ने बहानामा राजधानीको विभिन्न ठाउँबाट नगद, सुन, चाँदीका गरगहना, मोबाईल तथा अन्य सामानहरु चोरी गर्ने ‘चल्ला’ भनिने ७ जनाको समूहलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहारका २६ वर्षीय दिनेश पोद्दार, १८ वर्षीय मुकेशकुमार पोद्दार, केदार पोद्दार, सुरज पोद्दार, विकास पोद्दार, १९ वर्षीय चन्दर पोद्दार र बाराको निजगढका ३१ वर्षीय राजकुमार अधिकारी छन् ।
उनीहरु गौशला, तिलगंगा, बानेश्वर, सिनामंगल लगायतका क्षेत्रमा लुकिछिपी आश्रय लिइ बस्ने गरेको प्रहरीले जनाएको छ । महाशाखाका अनुसार उनीहरु कवाडी सामग्री टिप्ने बहानामा बोरामा चोरी गर्न प्रयोग हुने फलामको रड लिएर जाने गरेका थिए । उनीहरुले घरमा कोही नभएको मौका छोपी चोरी गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ । चोरी गरेपछि उनीहरु भारतको बिहारतिरै भाग्ने गरेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
राष्ट्रिय परिचयपत्र बनाउन टोली परिचालन
काठमाडौं । सरकारले विभिन्न सेवासुविधा लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यहाँ परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ । जिल्ला प्रशासन...
-
छोरीलाई दाईजो स्वरूप गाउँ नै दिने अनौठो प्रथा
काठमाडौं । तराई मधेश क्षेत्रमा दाईजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेश क्षेत्रमा बसोबास गर्ने...
-
सङ्खुवासभामा टिपर दुर्घटनाः दुई जना मजदुरको मृत्यु, दुई घाइते
काठमाडौ । संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु...
-
आजदेखि राजविराज महोत्सव
काठमाडौं । संस्कृति, पर्यटन, कृषि तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि राजविराज महोत्सव हुँदैछ । राज रङ्गशालामा हुने महोत्सवमा स्थानीय...
-
तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु
काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन छ सय ६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ...
-
पोखरामा पुष्प प्रदर्शनी मेला सुरु
काठमाडौं । फुलै फुलको चार्ड तिहार पर्वको अवसरमा पोखरामा आठौँ संस्करणको गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रादेशिक पुष्प मेला...
-
इलाम बजारमा छाडा कुकुरले दुर्घटना बढाउँदै
काठमाडौं । इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरको सङ्ख्यामा वृद्धि भएको छ । कुकुरको सङ्ख्या वृद्धि मात्र नभइ छाडा...
-
राजनीतिक स्थिरता कायम गर्न वर्तमान सरकार बनेको हो: उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताएका छन् । नेपाली कांग्रेस चितवनले...
-
अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो, कृषक निराश
काठमाडौं । नेपालको पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने अलैचीको मूल्य गत वर्षको तुलनामा बड्यो । विशेष गरेर सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ,...