ताजा समाचार

एक साता लामो उपचारपछि उपराष्ट्रपति पुत्र दिपेश पुन अस्पतालबाट डिस्चार्ज

काठमाडौं, २ पुस । उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दिपेश पुन एक साता लामो उपचारपछि अस्पत्तालबाट डिस्चार्ज भएका छन् । मंसिर २४ गते रोल्पाबाट विजय जुलुस सकेर काठमाडौं फर्किने क्रममा रोल्पाको सातदोबाटोमा दुर्घटना हुँदा टाँउकोमा चोट लागि घाइेत भएका पुनको राजधानीको ग्राण्डि अस्पतालमा उपचार भइरहेको थियो ।

तीन दिन आइसियुमा राखेर उपचार गरे पश्चात उनलाई मंसिर २७ गते अस्पतालको आइसियुबाट बाहिर वार्डमा सारिएको थियो । उपचार सकिएपछि आज (आइतबार) उनलाई डिस्चार्ज गरिएको हो ।

http://news-nepal.com/707532-2/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org