ताजा समाचार

प्रभुमनी र युएई एक्स्चेन्जबीच रेमिटेन्स सम्झौता, ‘सर्भिस चार्ज’ नलाग्ने

काठमाडौं, ३ पुस । प्रभु मनी ट्रान्सफरले युएई एक्स्चेन्जसँग सहकार्य गरेको छ। खाडी मुलुकको साथै संसारका धेरै देशहरुबाट रेमिट्यान्स नेपाल भित्र्याउने क्रममा युएई एक्स्चेन्जसँग सहकार्य गरेको हो । विभिन्न देशहरुमा रहेको युएई एक्स्चेन्जको शाखा कार्यलयहरुबाट नेपालीले आर्जन गरेको रकमलाई अझ सजिलो र सरल तबरले तुरुन्त नेपाल पैसा पठाउनको लागी सहकार्य गरेको हो ।

एक्स्चेन्जको फ्लयास रेमिट्यान्स सिस्टम मार्फत पठाएको रकम अब नेपालमा प्रभुको ७ हजार भन्दा धेरै एजेन्टहरुबाट तुरुन्तै भुक्तानी लिन सकिने प्रभु मनी ट्रान्सफरले जनाएको छ । साथै नेपालमा रहेका कुनैपनि बैंकको खातामा पैसा पठाउने सुबिधा पनि हुनेछ । कम्पनीका अनुसार पठाएको पैसामा नेपालमा कुनैपनि सेवा शुल्क काटिने छैन र पुरै पैसा पाउने र खातामा जम्मा हुनेछ ।

साथै नेपालीले आर्जन गरेको रकमलाई कुनैपनि समयमा तुरुन्त भुक्तानी लिन तथा बिभिन्न सेवाहरु समाबेश भएको र नेपाल राष्ट्र बैंकबाट स्विकृती प्राप्त रेमिट्यान्स कार्डमा समेत पैसा पठाउन सकिनेछ। रेमिट्यान्स कार्ड मार्फत प्रभु बैंकको १ सय २६ वटा एटिएम साथै एन्पिएन नेटवर्कको ६ सय भन्दा बढी एटिएम र चाडै नै एससिटीको ८ सय भन्दाबढी एटिएमबाट रकम सहजै निकाल्न सकिनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org