ताजा समाचार

यी हुन् सेनाका जर्नेल फसाउने युवती, बैंकको ५ करोड हिनामिनामा मुछिए

काठमाडौं, ४ पुस । कृषि विकास बैंककी एक सहायकस्तरकी कर्मचारीको बदमासीका कारण अहिले नेपाली सेनाका एक उच्च अधिकारी आन्तरिक छानबिनमा तानिएका छन् । कृषि विकास बैंकको सहायक टेलर पदमा काम गर्ने दिपिका रेग्मीले हाकिमहरुलाई समेत झुक्याएर बैंकमा करिब ५ करोड हिनामिना गरेपछि अनुसन्धानमा सेनाका जर्नेल पनि मुछिएका हुन ।

यी दुईसँगै बैंकका अन्य चार कर्मचारी प्रहरी हिरासतमा पुगेका छन् । सेनाका जर्नेल बाहेकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले पक्राउ गरिसकेको छ भने जर्नेल कोर्ट मार्सलमा परेका छन् ।

उनीहरु सबै तिनै युवतीको बदमासीका कारण फसेका हुन् । उक्त घोटालामा नेपाली सेनाका बहालवाला सहायक रथीमाथि सेनाले कोर्टमार्सल सुरु गरेको छ । घोटालाको रकम उपरथी डा. रमेश बिष्टको खातामा भेटिएपछि सिआईबी र सेनाले उनीमाथि पनि छानबिन थालेको हो ।

कृषि बिकास बैंकको न्यूरोड शाखाबाट ४ करोड ९१ लाख रुपैयाँ गायब भएको थियो । जसमा बैंकका दुई कर्मचारीसहित तीन जनालाई सिआईबीले गत साता पक्राउ गरी अनुसन्धान गरिरहेको छ । बैंककी सहायक टेलर रेग्मीसहित पियन अर्दली रमेश थापा र सुन पसले प्रकाश घतानीलाई प्रहरीले पक्राउ गरी अनुसन्धानमा थप कर्मचारी पनि तानिएका हुन् ।

दिपिका रेग्मी

ठगी गरेको मध्ये करिब ३२ लाख रकम जर्नेल बिष्टको खातामा भेटिएको अनुसन्धानमा आबद्ध सिआईबीका एक अधिकारीले बताए । दिपिकासँगैको सोधुपुछपछि प्रहरीले उनको खातामा रकम रहेको पत्ता लगाएको हो । उनको खाता रोक्का भइसकेको छ । सैनिक प्रहरीले गत साता नै उक्त घटनासम्बन्धी कागजपत्र सिआईबीबाट लिएर जर्नेलमाथि आन्तरिक छानबिन सुरु गरिसकेको छ ।

सिआईबी स्रोतका अनुसार दिपिकाले बैंक ठगी गरेकोबारे जर्नेल बिष्ट र दिपिकाकी आमा पहिल्यैदेखि जानकार थिए । दिपिकाका बाबु पनि सोही बैंकका पूर्वकर्मचारी हुन् । लागूऔषध, बलत्कार तथा हत्याजस्ता गम्भीर प्रकृतिका मुद्दाबाहेक अन्य फौजदारी अपराधमा बहालवाला सैनिक कर्मचारी संलग्न भएको अवस्थामा सैनिक ऐनअनुसार सेनाले नै आन्तरिक छानबिन गरी सजाय गर्ने सैनिक ऐनको प्रावधान छ । बैंक ठगी मुद्दा पनि सेनाले नै आन्तरिक अनुसन्धान गरी सैनिक अदालतले कारबाही गर्ने गर्दछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org