ताजा समाचार

अमेरिकामा झापालीहरु संगठित, झापाली समाज अमेरिका गठन

अमेरिका, १९ डिसेम्बर । अमेरिकामा झापाली समाज अमेरिका गठन भएको छ । अमेरिकामा रहेका झापाली तथा नेपालीहरुलाई आपत विपतमा सहयोग गर्दै आफ्नो जन्मभूमि र देशको बिकासमा सहयोग पुर्याउने उद्देश्यका साथ झापाली समाज अमेरिका गठन भएको हो ।

अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आएका डा. शम्भु ढुङ्गानाको सभापतित्वमा भएको टेलिकन्फरेन्सले मुकुन्द ढुंगानाको अध्यक्षतामा २५ सदस्यीय झापाली समाज अमेरिका गठन गरेको हो । उक्त भेलामा समाजसेवी हेम पाठक अतिथि र अन्तराष्ट्रिय झापाली समाजका उपाध्यक्ष प्रमोद सिटौलाले विशेष अतिथिको रुपमा सम्बोधन गरेका थिए ।

समाज गठन गर्नका लागि आयोजित उक्त भेलामा एनआरएन आइसिसी सदस्य बेद बस्नेत, अमेरिकाका उपाध्यक्ष राम कुमार सुवेदी, डा. गोपी उप्रेतीले पनि सम्बोधन गरेका थिए । उक्त भेलाको सञ्चालन निलम बिमलीले गरेका थिए भने डा. शम्भु ढुंगाना, हेम पाठक, डा. गोपी उप्रेती, प्रेम संग्रौला, डा. तुलसी उप्रेती, साहित्यकार कृष्ण धाराबासी र डा. मदन उप्रेती रहेको सात सदस्यीय सल्लाहकार समितिको पनि गठन गरिएको थियो ।

नवगठित झापाली समाज अमेरिकाको उपाध्यक्षहरु साहित्यकार सिता पाण्डे, प्रदीप वस्नेत अनिल ओली र महासचिवमा निलम बिमली सर्बसम्मत चयन भएका छन । त्यसैअनुरूप सदस्यहरुमा डा. लिला खतिवडा, डा. खगेन्द्र दाहाल, डिल्ली थापा, डा. पर्शुराम दाहाल, मोहन निरौला, मोहन ओली, दिपक पाण्डे, गोपाल प्याकुरेल, विदुर खतिवडा, याम सिटौला, सावित्रा ओली, कविन्द्र सिटौला, टिका पौडेल र बादल भुजेल रहेका छन् ।

साथै भेलाले तदर्थ समितिलाई विधान तयार गरी संस्था दर्ता गर्ने र झापालीहरुको लगत सकंलन गरी अमेरिकाको विभिन्न राज्यहरुमा समितिहरु गठन गरी सम्मेलन गर्ने लक्ष्य लिएको छ। बिश्वभरिका झापालीहरु एकताको सुत्रमा बाधिएर समाजको विकासमा समर्पित हुनुलाई सकारात्मक कदम ठान्दै अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखेरेलले अमेरिकामा संगठित झापाली समाजलाई सहकार्यको लागि आग्रह गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org