ताजा समाचार

यी हुन्, वाम एकताको विपक्षमा रहेका एमालेका ११ र माओवादीका ७ नेताहरु (सूचीसहित)

काठमाडौं, ४ पुस । निर्वाचन सम्पन्न भएसँगै एमाले र माओवादीबीच पार्टी एकताको कुराले निकै चर्चा पाईरहेको छ । कसैले एकता हुनै सक्दैन् भनिरहेका छन् भने कसैले एकताको लागि जनताले म्यान्डेड पनि दिईसकेकोले हुनैपर्ने बताउँदै आएका छन् । यतिबेला यस्तै कुराले बजार तातिरहेको छ । एमाले र माओवादी कै नेता कार्यकर्ताहरु समेत दुई ध्रुबमा बाँडिएका छन् । अधिकांश नेता तथा कार्यकर्ताहरु एकताको पक्षमा रहेपनि केहीले यसको विरोध गरिरहेका छन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन लगत्तै पार्टी एकता गर्ने भनेर गठबन्धनमा जोडिएका दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र अहिले पार्टी एकता गर्ने कि नगर्ने भन्ने दोधारमा पुगेका छन् । एमालेका शीर्ष नेताहरु पहिलेको सहमति अनुसार पार्टी नेतृत्व माओवादीलाई दिन आनाकानी गर्न थालेपछि माओवादी केन्द्रले पनि अहिले सरकार र पार्टी एकता सँगसँगै भन्ने प्रस्ताव गरेको छ ।

माओवादी केन्द्रले सरकार गठन र पार्टी एकता सँगसँगै लैजान प्रस्ताव गरेको छ भने एमालेले यसमा आधिकारिक धारणा भने बनाएको छैन् । पार्टीको आधिकारीक धारणा नभएपनि विभिन्न नेताहरुले फरक फरक तरिकाले टिप्पणी गरेका छन् । जसले गर्दा माओवादीभित्र आशंका पैदा भएको छ ।

सोमबारको माओवादी बैठकले पनि एमालेप्रति अविश्वासको भाव व्यक्त गर्दै पार्टी एकता र सरकार गठन सँगसँगै भनेपछि एमाले र माओवादीबीचको पार्टी एकता प्रक्रियामा चिसोपना छाएको छ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरी माओवादीको सोमबारको बैठकको सार भनेको नै एमालेले पार्टी नेतृत्व आफूलाई नदिने भयो भन्नेखालको देखिएको बताउँछन् । उनी सरकार गठन र पार्टी एकता सँगसँगै गर्ने माओवादी निर्णय एमालेले नै पार्टी अध्यक्ष पनि पड्काउने भयो भन्ने सोचाई माओवादीको देखिएको बताउँछन् ।

कृष्ण महराको नोट अफ डिसेन्टः
आईतबार दुई पार्टीहरुले आफूहरु सँगसँगै रहेको देखाउन संयुक्त पत्रकार सम्मेलन त गरे तर पत्रकार सम्मेलनपछि सोमबार बसेको माओवादी केन्द्रको हेडक्वार्टर बैठकमा पार्टी एकताको विषयलाई लिएर प्रभावशाली नेता कृष्णबहादुर महरालले ‘नोट अफ डिसेन्ट’ जाहेर गरेका छन् । उनले ‘एमालेसँग चुनावी तालमेल मात्र भएको भन्दै पार्टी एकता जटिल रहेको’ बताएका थिए ।

यी हुन् एकताको विपक्षमा रहेका नेताहरुः
त्यसो त पार्टी एकताको विपक्षमा रहने नेताहरु यी दुई पार्टीमा खुलेरै लागेका छन् । एमालेका दुई पोलिटब्यूरो सदस्य र एक जना केन्द्रीय कमिटी सदस्य सहित ११ जना केन्द्रीय तहका नेताहरु पार्टी एकताको विपक्षमा देखिएका छन् । जसमा पोलिट्ब्यूरोहरुमा चौधरी र बेदुराम भुषाल, केन्द्रीय सदस्य डा. विजय पौडेल लगायत छन् । त्यस्तै, माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महरा र वर्षमान पुन, मात्रिका यादव सहितका ७ जना केन्द्रीय तहका नेताहरु पनि पार्टी एकताको विपक्षमा रहेका छन् ।

ओली र प्रचण्डको जथाभाबी नबोल्न कार्यकर्तालाई निर्देशनः
उनीहरु भने खुलेर विपक्षमा रहेका नेताहरु हुन् । यी बाहेक पनि धेरै नेता तथा कार्यकर्ताहरुले पार्टी एकताको विपक्षमा वकालत गर्न डराईरहेको अवस्था पनि देखिन्छ । यस्तो अवस्थामा पार्टी एकताको पक्षमा रहेका नेता कार्यकर्ताहरुमा भने पार्टी एकता नहुने त्रास सिर्जना भएको छ । माओवादी केन्द्रका प्रभावशाली नेता महराको नोट अफ डिसेन्टले माओवादीभित्र खैलाबैला मच्चिएको छ भने एमालेलाई पनि सोच्न बाध्य बनाएको छ ।

एमाले नेताहरु माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुले पार्टी एकतालाई फरक फरक ढंगले विश्लेषण गरिरहेका छन् । त्यस्तै माओवादी नेताहरु महरा, वर्षमान पुन लगायतका नेताहरुले पनि पार्टी एकतालाई खुलेरै स्वीकारेका छैनन् । तर पार्टी नेतृत्वले भने पार्टी एकताको कुरा जनताले अनुमोदन गरिसकेको भन्दै जसरी पनि भएरै छाड्ने बताईरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता तथा कार्यकर्तालाई पार्टी एकताका विषयमा जथाभावी नबोल्न निर्देशन दिईसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org