ताजा समाचार

विद्युत प्रसारण लाईन बनाउन जर्मनीद्वारा १ अर्ब ८१ करोड अनुदान घोषणा

काठमाडौं, ४ पुस । संघीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई अतिरिक्त विकास अनुदानस्वरुप करिव एक अर्ब ८१ करोड ५० हजार प्रदान गर्ने घोषणा गरेको छ ।

२२० किलोभोल्ट दमौली–लेखनाथ जलविद्युत् प्रसारण लाइनअन्तर्गत ४३ किलोमिटर प्रसारण लाइन निर्माणका लागि जर्मनीले एक अर्ब ८१ करोड ५० हजार अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको नेपालस्थित जर्मन राजदूतावासले जनाएको छ ।

जर्मन डेभलपमेन्ट बैंकमार्फत उक्त सहायता रकम नेपाललाई उपलब्ध हुने दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । गतवर्ष जर्मनीले नेपालमा ऊर्जा क्षमता प्रवद्र्धन तथा नवीकरणीय ऊर्जाका निम्ति एक अर्ब ९३ करोड ६० लाख प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

लेखनाथ–दमौली २२० किलोभोल्ट विद्युत् प्रसारण लाइन निर्माण गर्न जर्मनीबाट कूल रु तीन अर्ब ७५ करोड १० लाख प्राप्त हुनेछ । सेती–मादी नदीबाट उत्पादित बिजुली उक्त प्रसारण लाइनमार्फत स्थानीयवासीका घरमा आपूर्ति हुनेछ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org