ताजा समाचार

अत्याधिक चिसोका कारण कपिलवस्तुमा दुई जनाको ज्यान गयो

कपिलवस्तु, ४ पुस । केहीदिन यता बढेको अत्याधिक चिसोका कारण कपिलवस्तुमा दुई जनाको ज्यान गएको छ । पुष २ गते कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा परिचय नखुलेका एक जना र मंगलबार कपिलवस्तुको कृष्णनगर नगरपालिका बहादुरगञ्जमा परिचय नखुलेको एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ । मंगलबार ज्यान गुमाएकी महिलाको शव सडकमा फेला परेको थियो ।

पुष २ गते करिब तीन चार महिनादेखि चन्द्रौटामा मागेर खाई सडकको पेटीमा रात बिताउँदै आएका मानसिक सन्तुलन गुमाएका अन्दाजी ५६ वर्षका वृद्धको ज्यान गएको थियो । मंगलबार पनि पहिचान नखुलेकी एक महिलाको शव फेला परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी नायव निरीक्षक विश्व सुवेदीले जानकारी दिए ।

चिसो हावा र बाक्लो हुस्सुका कारण पुष १ गतेदेखी घाम नदेखिएपछि तराईका जिल्लामा अत्यधिक चिसो बढेको छ । घामै नदेख्ने गरी चिसो बढेपछि बालबालिका, बृद्ध, लगायतलाई समस्या परेको स्थानीयको भनाई छ ।

शीतलहरले आलु र गोलभेँडाका बोटमा डढेलो रोग लाग्न थालेपछि किसानहरु समेत चिन्तीत छन् । बाक्लो हुस्सुका कारण तराई भेगमा सवारी साधन चलाउन अप्ठेरो भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org