ताजा समाचार

विजय गच्छदारले भने, ‘सर्वाधिक पाँचौं पटक उपप्रधानमन्त्री पड्काउने मै हुँ’

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा संघिय मामिला मन्त्री विजय कुमार गच्छदारले अहिले सम्मकै सर्वाधिक पाँचौ पटकसम्म उपप्रधानमन्त्री खाने आफु नै पहिलो व्यक्ति भएको बताएका छन् ।

सबैभन्दा धेरै पटक मन्त्री बन्ने नेताको पहिलो नम्बरमा रहेका गच्छदारले सर्वाधिक पाँचौ पटकसम्म उपप्रधानमन्त्री हुने व्यक्ति पनि भएको दाबी गरेका हुन् ।

सोमबार राती राष्ट्रिय नाचघर जमलमा भएको मिष्टर एण्ड मिस थारु प्रतियोगितामा थारु जातीकै प्रतिनिधित्व गर्दै सो दाबी प्रस्तुत गरेका हुन् । कार्यक्रममा बोल्दै गच्छदारले आफु थारुको छोरा भएको र अर्कोमा नेपाल देशकै छोरा समेत रहेको बताएका थिए ।

उनले नेपालको इतिहासमा थारु समुदायबाट मात्र नभई समग्र समुदायबाटै सर्वाधिक धेरै उपप्रधानमन्त्री खाने व्यक्ति आफुमात्रै भएको बताएका थिए ।

उनले थारुको मात्र नभई सिंगो ब्राह्मण, क्षेत्री समुदायकै प्रतिनिधित्व आफुले गरेको जिकिर गरे । देश विकासमा राजनीतिको महत्वपूर्ण भूमिका रहने औंल्याउदै उनले नव युवाहरुमा बुझेर मात्र राजनीतिमा प्रवेश गर्न आग्रह गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org