ताजा समाचार

माओवादीको यस्तो प्रस्तावः बादल राष्ट्रपति, प्रचण्ड पार्टी अध्यक्ष र केपी ओली प्रधानमन्त्री

काठमाडौं, ४ पुस । नेकपा माओवादी केन्द्रले नेता रामबहादुर थापा (बादल) लाई भावी राष्ट्रपति उम्मेदवारको रुपमा अघि सारेको छ । नेकपा एमालेले वर्तमान राष्ट्रपतिलाई नै निरन्तरा दिने बताईरहेका बेला माओवादीले भने बादललाई अघि सारेको हो ।

सोमबार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले भावी राष्ट्रपति उम्मेदवारको रुपमा बादललाई अघि सारेको हो । त्यस्तै माओवादी बैठकले प्रधानमन्त्री र पार्टी अध्यक्षको नाम समेत प्रस्ताव गरेको छ ।

बैठकले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई र एकीकृत कम्युनिष्ट पार्टीको अध्यक्षमा प्रचण्डलाई प्रस्ताव गरेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । बाम गठबन्धनको दुईतिहाई बहुमत आएसँगै हाम्रो भागमा परेको राष्ट्रपति पदमा बादल कमरेडलाई पठाउने समझदारी पार्टीभित्र भएको छ,’ ती नेताले भने ।

ओलीलाई आगामी ५ वर्षका लागि प्रधानमन्त्री र प्रचण्डलाई अध्यक्ष बनाउनेमा माओवादी बैठकमा सबै एकमत देखिएका थिए । माओवादीको उक्त प्रस्तावमा एमाले सकारात्मक देखिएमा बादल, प्रचण्ड र ओलीले तीन वटै पद पाउनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org