ताजा समाचार

परीक्षा हलबाट निकालिदिएपछि बंगलादेशमा एक नेपाली छात्राद्धारा आत्महत्या

ढाका, ५ पुस । बंगलादेशको ढाकामा अध्ययनका लागि गएकी एक नेपाली छात्रा मृत अवस्थामा भेटिएकी छन् । ढाकाको भतरास्थित पायोनियर डेन्टल कलेज एण्ड हस्पिटलमा अध्ययनरत जनकपुरकी २० वर्षीया विनिशा साह आफ्नो होस्टेलको कोठाभित्र मृत अवस्थामा भेटिएकी बंगलादेशी मिडियाले जनाएका छन् ।

सो कलेजको २२ औं व्याचको तेस्रो वर्षमा अध्ययनरत रहेकी साहले आत्महत्या गरेका हुनसक्ने आशंका गरिएको छ । उनको शव सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको ढाकास्थित नेपाली दूतावासका उपप्रमुख धनबहादुर वलीले जानकारी दिए । उनका अनुसार शाहका साथी र प्रहरीले घटनाबारे दूतावासलाई जानकारी गराएका थिए । त्यसपछि मृतकका आफन्तलाई दूतावासले जानकारी गराएको थियो ।

उनका साथीहरुले दिएको जानकारी अनुसार साहलाई गार्डले परीक्षाको कोठाबाट निकालिदिएका थिए । त्यसपछि निराश हुँदै होस्टलको कोठामा फर्किएकी उनी बुधबार बिहान कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

कलेज सन्चालक अब्दुल गफुरले ट्युसन फी समयमै नतिरेपछि साहलाई परीक्षामा बस्न नदिइएको बताएका छन् । साहका सहपाठीहरुका अनुसार सेकेन्ड टर्मको परीक्षाको प्रवेशपत्र लिनका लागि लागि कलेजले दुई लाख टाका विद्यार्थीहरुबाट माग गरेको साहका सहपाठीहरुलाई उद्धृत गर्दै बंगलादेशको जागो न्यूज अनलाइनले लेखेको छ । अनलाइनका अनुसार कलेज प्रशासन र शिक्षकहरुको दबावका कारण साहले आत्महत्या गरेको अनुमान गरिएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org