ताजा समाचार

टोखामा गोली चलाउने ४ जना पक्राउ, मृगलाई हान्दा महिलालाई लाग्यो

काठमाडौं, ५ पुस । काठमाडौंको टोखा नजिकै शिवपुरी वन्यजन्तु आरक्षभित्र महिलामाथि गोली प्रहार गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनिल तामाङ, सुशान्त तामाङ, अंकित तामाङ र विजय तामाङ रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले भरुवा बन्दुक समेत बरामद गरेको महानगरी प्रहरी परिसरका एसएसपी रविन्द्र धानुकले जानकारी दिए । आज (बुधबार) दिउँसो उनीहरुको गोली प्रहारबाट ३५ वर्षीया दुर्गा पोखरेल घाइते भएकी छिन्।

घाइते महिला घाँस काट्न जाँदा गोलीको शिकार भएकी हुन्। उनको शरीरमा दुईवटा गोली लागेको प्रहरीले जनाएको छ। गोलीबाट घाइते भएकी उनलाई उपचारका लागि ग्रान्डी इन्टरनेसनल हस्पिटल लगिएको छ। उनी खतरामुक्त रहेको जनाइएको छ।

http://news-nepal.com/713362-2/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org