केपी ओली नै प्रधानमन्त्री बन्ने पक्का, एमालेबाट यी अनुहार मन्त्रीका लागि ‘कन्फर्म’
काठमाडौं, ५ पुस । वाम गठबन्धन सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली गर्ने भएका छन् । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा वहुमत पाएको वाम गठबनधन सरकारको नेतृत्व ओलीले गर्ने भएका हुन् । यस विषयमा एमाले माओवादी केन्द्रका शीर्ष नेताहरुबीच मोटामोटी सहमति भईसकेको छ ।
नयाँ सरकार गठन र पार्टी एकिकरणका विषयमा दुई पार्टीमा विवाद भईरहेको भनिएका बेला पार्टी अध्यक्ष र प्रधानमन्त्री को को हुने भन्ने टुंगो लागेको हो । गठबन्धनमा एमालेले प्रत्यक्षतर्फ ८० सिट जितेको छ भने समानुपातिक तर्फ ४१ सिट जितेको छ । यस हिसाले पनि सरकारको नेतृत्व एमालेले गर्नेछ । भने पार्टी अध्यक्ष भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हुनेछन् ।
यो विषयमा एमाले र माओवादीका शीष नेताहरुबीच मोटामोटी सहमति भईसकेपनि अन्य नेताहरुले सहमति जनाईसकेका छैनन् । ओलीले सरकारले नेतृत्व गर्ने भएपछि एमालेमा मन्त्रीका आकांक्षी पनि धेरै देखिएका छन् । मन्त्रीका आकांक्षी धेरै भएपछि व्यवस्थापन गर्न नेतृत्वलाई हम्मेहम्मे पर्ने भएको छ । एमालेमा मन्त्रीका लागि यतिबेला पुराना र नयाँ अनुहारबीच प्रतिस्पर्धा नै चलेको छ ।
उपप्रधानमन्त्री भीम रावल या ईश्वर पोखरेलः
अध्यक्ष ओली प्रधानमन्त्री बन्ने भएपछि दुईमध्ये एक उपप्रधानमन्त्री एमाले र एक माओवादीको भागमा पर्ने देखिन्छ । महत्वपूर्ण मन्त्रालयसहित उपप्रधानमन्त्रीमा उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलले आँखा लगाएका छन् । रावल पटकपटक मन्त्री बने पनि पोखरेल ०६४ र ०७० को दुवै संविधानसभा निर्वाचनमा लगातार पराजित भएका कारण मन्त्री बन्ने अवसरबाट चुकेका थिए ।
दुवै नेता ओलीलाई अप्ठेरोमा साथ दिनेमा पर्छन् । पोखरेलकै सहयोगमा ओली एमालेको अध्यक्ष बन्न सफल भएका हुन् । माधव नेपाल समूहबाट उपाध्यक्षमा निर्वाचित रावल नाकाबन्दीका बेला ओली सरकारमा रक्षामन्त्री थिए । माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमसहित अधिकांश नेता ओलीको विरोधमा देखिँदा रावल बलियोसँग ओलीका पक्षमा उभिएका थिए ।
त्यतिखेरको गुन तिर्न पनि ओलीमाथि रावललाई मन्त्री बनाउनुपर्ने दबाब छ । दुईमध्ये एक उपप्रधानमन्त्री बन्ने भने पक्का छ । तर, दुवै नेताबीच सन्तुलन मिलाउन कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने र समान ‘पोटफोलियो’ मा सरकारमा सहभागी गराउन पनि ओलीलाई निकटस्थहरुको सुझाव छ ।
मन्त्रीको लविङमा अन्य को–को छन् ?
मन्त्रीका लागि एमालेमा उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसालबीच पनि प्रतिस्पर्धा छ । पौडेल यसअघि पटकपटक मन्त्री भइसकेका छन् । भुसाल अघिल्लो निर्वाचनमा पराजित भएकाले मन्त्री बन्ने ढोका उनका लागि बन्द भएको थियो । भुसाल र पौडेल दुवै रुपन्देहीबाट निर्वाचित सांसद हुन् । एकै जिल्लाबाट जितेका कारण एकजना मन्त्री बन्दा अर्को पाखा लाग्ने करिब निश्चितजस्तै छ ।
गत महाधिवेशनमा पौडेल ओली र भुसाल माधव नेपाल समूहबाट उपमहासचिव निर्वाचित भएका हुन् । यस्तै अर्थमन्त्रीमा सुरेन्द्र पाण्डेको दाबी छ । पाण्डेसँग झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थमन्त्रालय चलाइकेको अनुभव छ । उनी सफल अर्थमन्त्रीका रुपमा चिनिन्छिन् ।
यस्तै दुईपटकसम्म लगातार काठमाडौंबाट पराजित भएर गृहजिल्ला ताप्लेजुङबाट तेश्रो प्रयासमा निर्वाचित सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराई मन्त्रीका प्रबल दाबेदार हुन् । पूर्वाञ्चलबाट उनको नाम मन्त्री हुनेमा पहिलो नम्बरमा छ । अध्यक्ष ओलीका प्रिय पात्र शेरधन राई प्रदेश–१ को मुख्यमन्त्री बन्ने भएपछि योगेशका लागि बाटो खुला भएको हो ।
युवा नेता रवीन्द्र अधिकारी पनि यसपटक मन्त्री बन्ने सम्भावना बढी भएका नेता हुन् । संसदको विकास समिति सभापति हुँदा लोकप्रिय काम गरेका कारण पार्टीभित्र र बाहिरसमेत उनको छवि राम्रो छ । विराटनगरबाट चुनाव जितेका भानुभक्त ढकालको पनि मन्त्रीमा दाबी छ । त्यस्तै काँग्रेस नेता शेखर कोइरालालाई मोरङबाट हराउन सफल लालबाबु पण्डित पनि मन्त्रीका बलियो दाबेदार हुन् । उनलाई अब बन्ने सरकारले छुटाउँनै नहुने व्यापक दबाव छ ।
गुल्मीबाट निर्वाचित प्रदीप ज्ञवाली र गोकर्ण विष्ट दुवैको मन्त्रीमा दाबी छ । एकै जिल्लाबाट दुई नेताको दाबी हुँदा दुईमध्ये एकजनाको मात्र सम्भावना छ । यस्तै चितवनबाट कृष्णभक्त पोखरेल मन्त्रीका दाबेदार छन् । यसअघि पनि सांसद रहेका पोखरेल कानुनमा राम्रो दख्खल राख्छन् । काठमाडौंबाट कृष्णगोपाल श्रेष्ठ, रामवीर मानन्धर र जीवनराम श्रेष्ठको दाबी छ ।
काठमाडौंमा राम्रो नतिजा ल्याएको हुनाले मन्त्री पाउनुपर्ने दाबी दुवैको छ । पूर्वडिआईजी नवराज सिलवाललाई ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउँदै केपी ओलीको मन्त्री घोषणा गरेका थिए । काँग्रेसका प्रभावशाली युवा नेता उदयशमशेर राणालाई पराजित गरेका सिलवाल पनि मन्त्रीका दाबेदार छन् ।
दलितबाट पोलिट्ब्युरो सदस्य छविलाल विश्वकर्माको मन्त्री बन्ने सम्भावना बढी छ । महिलातर्फ देउवा सरकारका उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई स्याङजाबाट पराजित गरेकी पदमा अर्याल र केपी ओलीको गृहजिल्ला झापाबाट निर्वाचित पवित्रा निरौलाको चर्चा छ । दुईमध्ये एक मन्त्री बन्ने करिब निश्चितजस्तै छ ।
मधेसबाट रघुवीर महासेठ मन्त्री बन्ने करिब पक्काजस्तै छ । यस्तै जनजातिबाट ओलढुंगाका यज्ञराज सुनुवार, दोलखाका पर्वत गुरुङ, हेबिवेट भनेर प्रचारिक राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई पराजित गरेका सिन्धुपाल्चोकका शेरबहादुर तामाङ, पाल्पाका दलबहादुर राना र डोटीका प्रेम आले मन्त्रीका लागि तीव्र लविङमा छन् । सात नम्बर प्रदेशबाट भीम रावल मन्त्री नभए आलेको करिब पक्काजस्तै छ ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...