ताजा समाचार

जेरुशेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई आर्थिक सहयोग नदिने ट्रम्पको चेतावनी

काठमाडौं, ६ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुशेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई आफूहरुले दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिएका छन् । ट्रम्पले ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै संयुक्त राष्ट्रसंघमा हुने छलफलमा जेरुशेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिएका हुन् ।

डिसेम्बरको सुरुमा अन्तर्राष्ट्रिय आलोचनाको बाबजुद अमेरिकी राष्ट्रपति ट्रम्पले जेरुशेलमलाई इराजरायलको राजधानीको रुपमा घोषणा गरेका थिए । संयुक्त राष्ट्रसंघमा जेरुशेलम इजरायलको राजधानी हुने वा नहुने भन्ने विषयमा मतदान हुने तय भएको छ ।

ट्रम्पले अमेरिकासँग आर्थिक सहयोग लिने तर राष्ट्रसंघमा जेरुशेलमको विषयमा हुने मतदानमा विपक्षमा भोट हाल्ने देशलाई दिँदै आएको सहयोगक रोक्ने बताए । उनले यसबाट आफूहरुलाई केही असर नपर्ने पनि बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org