ताजा समाचार

घर पोत्ने माटो खन्ने क्रममा पुरिएर दुई जनाको मृत्यु, १ घाइते

बागलुङ, ६ पुस । बागलुङमा घर पोत्ने माटो खन्ने क्रममा पुरिएर दुई जनाको ज्यान गएको छ । जैमिनी नगरपालिका वडा नम्बर ४ सर्कुवामा घर पोत्ने माटो खन्ने क्रममा पुरिएर दुईजनाको ज्यान गएको हो । एक जना घाइते भएका छन् ।

घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर जैमिनी नगरपालिका वडा नम्बर ४ सर्कुवाकी ५० वर्षीया हरिकला सुनार र २५ वर्षीया पूर्णाकला नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ । माटोमा पुरिएर घाइते भएका तारा सुनारको फेवासिटी अस्पताल पोखरामा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org