ताजा समाचार

महिलालाई बेचेर भारतको बेश्यालयमा पुर्‍याउने कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष पक्राउ

नुवाकोट, ६ पुस । मानव बेचबिखनको आरोपमा एक वडाअध्यक्ष पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मानव बेचबिखनको आरोपमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुनबहादुर तामाङलाई पक्राउ गरेको हो । कांग्रेसका नेता समेत रहेको तामाङ नुवाकोटको सबैभन्दा बढी चेलिबेटी बेचबिखन हुने भनेर चर्चित गाउँ घ्याङफेदिका हुन ।

नेपाली कांग्रेसबाट वडाअध्यक्षको उम्मेदवार बनेका तामाङ प्रहरीको निगरानीमा रहेका थिए । सिआइबीले वडाअध्यक्ष तामाङलाई उनकै कार्यकक्ष घ्याम्फेदीबाट पक्राउ गरेको हो । मानवबेचबिखनको आरोपमा जिल्ला अदालत नुवाकोटमा मुद्दा चलिरहेका बेला तामाङ गएको वैशाखमा भएको स्थानीय तहको चुनावमा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

तामाङविरुद्ध नुवाकोट जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुद्दा विचाराधीन छ । भारतको वेश्यालयबाट फर्केका महिलाले दर्ता गराएको मुद्दामा पाँच लाख धरौटी राखी तामाङ एक वर्ष अघि रिहा भएका थिए ।

घ्याङ्फेदिबाट बिक्रि भएका चार सय चेलीहरुसँग उनको नाम जोडिएको छ । सुनबहादुरविरूद्ध ११ जनाले प्रहरीमा जाहेरी नै दिएका छन । सुनबहादुरका छोरा यही मुद्दामा कारागारमा छन । स्थानीयका अनुसार उनका दुर्इ श्रीमतीसमेत भारतमै छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org