ताजा समाचार

एकाबिहानै ठाकुरराम बहुमुखी क्याम्पसमा एक विद्यार्थीमाथि छुरा प्रहार, गम्भीर घाइते

पर्सा, ७ पुस । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा एक विद्यार्थीमाथि छुरा प्रहार भएको छ । शुक्रबार
बिहान ठाकुरराम बहुमुखी क्याम्पसमा बिबिएस प्रथम वर्षमा अध्ययनरत वीरगञ्ज राधेमाईका रोशन यादवमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट वीरगञ्ज–१३ राधेमाईका यादव गम्भीर घाइते भएका छन् ।

उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि गण्डक हस्पिटलमा रिफर गरिएको डा. मनोज गुप्ताले जानकारी दिए । छुरा प्रहारबाट यादवको छातीमा गम्भीर चोट लागेको छ ।

छुरा कसले प्रहार गर्‍यो भन्ने थाहा नभएको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक अनिश कर्णले जानकारी दिए । छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको उनको भनाई छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org