ताजा समाचार

देउवाले बोलाएको पाँच दलको बैठक निष्कर्षविहीन, सबै दल आ-आफ्नै अडानमा

काठमाडौं, ७ पुस । राष्ट्रियसभा निर्वाचन सम्वन्धी अध्यादेशमा सहमति जुटाउन बसेको प्रमुख पाँच दलको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको प्रमुख पाँच दलको बैठक विना निष्कर्ष टुंगिएको हो ।

बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष सिफारिस अध्यादेशमा सहमति खोजेका छन् । तर, एमालेले आपत्ति जनाएको छ । बैठकपछि बाहिरिएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने, ‘दुईवटा एजेन्डा रहे पनि सहमति जुटेन।’

सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सहमति हुन नसकेको प्रतिक्रिया दिए। ‘राष्ट्रपतिसमक्ष पठाएको विधेयक स्वीकृत नगरेसम्म अरु प्रकृया अगाडि बढ्दैन भन्ने हाम्रो धारणा राख्यौं,’पौडेलले भने। उनले दलहरुबीच सहमति भइनसकेको बताए।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिकहाँ गएको अध्यादेश र त्यसअघि तयार भएको विधेयकको अन्तर्वस्तुमा फरक भएकोबारे छलफल गरिएको बताए। ‘हामीले संविधानमा एकल संक्रमणको व्यवस्था नरहेको बतायौं,’ उनले भने, ‘त्यसैले नयाँ सरकार गठनका लागि सरकारले मार्ग प्रशस्त गर्नुपर्छ भन्यौं।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org