१८ वर्षअघि आजकै दिन काठमाडौँबाट यसरी भएको थियो विमान अपहरण
नयाँ दिल्ली, ९ पुस । अठार वर्षअघि, २४ डिसेम्बरको साँझ थियो, दिन थियो शुक्रबार र घडीमा चार बज्न लागेको थियो । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको फ्लाइट ८१४ नयाँ दिल्लीको लागि रवना हुन्छ ।
साँझ पाँच बजे जसरी विमान भारतीय वायु क्षेत्रमा प्रवेश गर्छ, अपहरणकर्ता हरकतमा आउँछन् र विमानलाई पाकिस्तान लैजान माग गर्छन् । यतिबेला विश्वलाई भारतीय विमान अपहरणमा परेको थाहा भइसकेको हुन्छ । साँझ ६ बजे विमान भारतको अमृतसरमा केही समयका लागि रोकिन्छ । त्यसपछि त्यहाँबाट लाहौरका लागि रवाना हुन्छ ।
पाकिस्तान सरकारको अनुमति बिना यो विमान राती आठ बजेर सात मिनेट जाँदा लाहौरमा ल्याण्ड गर्छ । लाहौरबाट दुबई हुँदै इन्डियन एयरलाइन्सको अपहरित विमान अर्को दिन विहान करिब साढे आठ बजे अफगानिस्तानको कान्दाहारको जमिनमा ल्याण्ड गर्छ । त्यतिबेला कान्दाहारमा तालिवानको राज थियो ।
विमानमा थिए १८० यात्रुः
विमानमा कूल १८० यात्रु थिए । विमान अपहरणको केही घण्टामा नै चरमपन्थीहरुले एक यात्री रुपन कात्यालको हत्या गर्छन् । २५ वर्षीय रुपनमाथि चरमपन्थीहरुले कयौँ पटक चाकुले हमला गरेका थिए । राती पौने दुई बजे विमान दुबई पुगेको थियो । त्यहाँ इन्धन भर्दा केही यात्रुहरुलाई छाड्ने सम्झौता भएको थियो ।
दुबईमा २७ यात्रुहरुलाई रिहा गरिएको थियो जसमा धेरै महिला र बालबालिका थिए । यसको एक दिनपछि डायविटिजबाट पीडित एक अर्का व्यक्तिलाई रिहा गरिएको बीबीसीले जनाएको छ । कान्दाहारमा क्यान्सरबाट पीडित सिमोन बरार नामका एक महिलालाई उपचारको लागि विमानबाट बाहिर जाने अनुमति दिइएको थियो तर, ९० मिनेटका लागि मात्र ।
उता, बन्धक संकटका दौरान भारत सरकारको अप्ठ्यारो बढिरहेको थियो । मिडियाको दबाब थियो, त्यसमाथि बन्धक यात्रीहरुका परिवारजनले विरोध प्रदर्शन गरिरहेका थिए । यता अपहरणकर्ताहरुले यात्रुहरुलाई रिहा गर्न आफ्ना ३६ चरमपन्थी साथीहरुलाई रिहा गर्नका साथै २० करोड अमेरिकी डलर फिरौती दिन माग अघि सारिरहेका थिए ।
तालिवानको भूमिकाः
अपहरणकर्ताले एक कश्मिरीको शव पनि सुम्पिनु पर्ने माग गरिरहेका थिए । तर, तालिवानको आग्रहपछि उनीहरुले पैसा र शवको माग छोडिदिए । भारतीय जेलमा बन्द चरमपन्थीहरुको रिहाईको मागमा भने उनीहरु अडिग थिए ।
पेटको क्यान्सरबाट पीडित सिमोन बरारको स्वास्थ्य निकै बिग्रिएपछि तालिवानले उनको उपचारको लागि अपहरणकर्तासँग कुराकानी गरे । तालिवानले एकतर्फ अपहरणकर्ता र अर्कोतर्फ भारत सरकारसँग पनि सम्झौताका लागि दबाब बनाइराखेको थियो ।
एउटा समय यस्तो लाग्न थालेको थियो, तालिवान कुनै सख्त कदम उठाउन सक्नेछ । तर, पछि गृहमन्त्री लालकृष्ण आडवानीले भने, ‘तालिवानले कान्दाहारमा कुनै रक्तपात हुनुहुँदैन भनेर सकारात्मक रवैया देखाएको थियो । नत्र उनीहरुले विमानमा आक्रमण गर्ने उनीहरुले चरमपन्थीहरुलाई चेतावनी दिएका थिए । यसरी अपहरणकर्ता आफ्नो मागबाट पछि हट्न बाध्य भए ।’
वाजपेयी सरकारः
विमानमा धेरै यात्रु भारतीय भए पनि त्यहाँ अस्ट्रेलिया, बेल्जियम, क्यानाडा, फ्रान्स, इटाली, जापान, स्पेन र अमेरिकाका पनि नागरिक पनि यात्रा गर्दै थिए । तत्कालिन एनडीए सरकरले यात्रीहरुको सुरक्षाका सुनिश्चित गर्नका लागि तीन चरमपन्थीहरुलाई कान्दाहार लगेर रिहा गर्न परेको थियो ।
३१ डिसेम्बरमा सरकार र अपहरणकर्ताबीच सम्झौतापछि दक्षिणी अफगानिस्तानको कान्दाहार विमानस्थलमा अपहरण गरी राखिएका सबै १५५ बन्धनलाई रिहा गरियो । वाजपेयी सरकारले भारतीय जेलमा बन्द केही चरमपन्थीहरुलाई रिहा गर्न तयार भएपछि यो अपहरणको ड्रामा सकिएको थियो ।
तत्कालिन अटल विहारी वाजपेयी सरकारका विदेशमन्त्री जसवन्त सिंहले आफै तीन चरमपन्थीहरुलाई साथमा लिएर कान्दाहार पुगेका थिए । छाडिएका चरमपन्थीहरुमा जैश–ए–मोहम्मदका प्रमुख मौलाना मसूद अजहर, अहमद गरगर र शेख अहमद उमर सईद शामिल थिए ।
सुरक्षाको ग्यारेन्टीः
भारत सरकार र चरमन्थीहरुबीच सम्झौता हुने वित्तिकै तालिवानले उनीहरुलाई १० घण्टाभित्र अफगानिस्तान छाड्न अल्टिमेटम दिएको थियो । शर्त मानेपछि चरमपन्थीहरु हतियारसहित विमानबाट उत्रिएका थिए र विमानस्थलमा उनीहरुलाई पर्खिराखेको गाडीमा बसेर तुरुन्त त्यहाँबाट हिँडेका थिए ।
इन्डियन एयरलाइन्सको विमान अपहरण गर्ने चरमपन्थीहरुले आफ्नो सुरक्षाको ग्यारेन्टीका लागि तालिवानका एक अधिकारीलाई पनि आफ्नो हिरासतमा राखेको थियो ।
केही यात्रुका अनुसार बन्धक संकटका दौरान अपहरणकर्ताले आफ्नै गुटको एक व्यक्तिको पनि हत्या गरेका थिए । यद्यपि, यसको कसैले पुष्टि भने गरेका छैनन् ।
विमान अपहरण भएको आठ दिनपछि अर्थात् ३१ डिसेम्बरमा सरकारले सम्झौताको घोषणा गरेको थियो । प्रधानमन्त्री वाजपेयीले नयाँ वर्षको पूर्व सन्ध्या देशलाई सरकारले चरमपन्थीहरुको मागलाई निकै कम गर्न सफल भएको जानकारी दिएका थिए ।
Comments
अरु समाचार
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...