ताजा समाचार

लालु यादवलाई जेलमा पनि भिआइपी सुविधा, मच्छर झुलदेखि घरको खानासम्म

एजेन्सी, ९ पुस । चारा घोटालामा दोषी ठहर भएर जेल गएका लालु प्रसाद यादवलाई भिआइपी सुविधा मिलेको छ । राँचीस्थित विर्सा मुन्डा जेलमा पठाइएका यादवलाई जेलमा भिआइपी सुविधा मिलेको हो । जेलमा रहेका स्रोतका अनुसार लालुलाई अप्पर डिभिजन सेलमा राखिनेछ, सन् २०१३ मा हिरासतमा लिइँदा उनलाई यहाँ नै राखिएको थियो । उनले त्यहाँ ७७ दिन बिताएका थिए । पछि उनले सर्वोच्च अदालतबाट धरौटीमा रिहा भएका थिए ।

अप्पर डिभिजन सेलमा उनलाई एउटा लामखुट्टेको झुल, दैनिक एउटा पत्रिका, एउटा टेलिभिजनको व्यवस्था गरिएको थियो । त्यस्तै उनलाई घरबाट बनेको खाना पनि खान दिइने छ भने उनले चाहे जेलमा आफै पकाउने सुविधा पनि दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१४ मा मुटुको शल्यक्रिया गरेका पूर्व रेलमन्त्रीले धेरै खानेकुरा बार्नुपर्ने हुन्छ ।

राष्ट्रिय जनता दलका प्रमुख तथा बिहारका पूर्व मुख्यमन्त्रीले जेलमा पनि भिआइपी सुविधा पाउनेछन् । जेल अधिकारीका अनुसार अन्य कैदीलाई पनि उनलाई भेट्न दिइनेछैन । राष्ट्रिय जनताका नेताहरुले लालुलाई जेलको मुख्य द्वारसम्म छाड्न पुगेका थिए ।

लालु यादवलाई सीबीआईको विशेष अदालतले चारा घोटालामा ८५ लाख भारतीय रुपैयाँमा भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गरेको छ । सन् १९९१ देखि १९९४ को बीचमा उनले यो भ्रष्टाचार गरेका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org