ताजा समाचार

राष्ट्र बैंकले दियो यस्तो चेतावनी, ‘कर्जा लगानीमा सावधानी अपनाऊ’

काठमाडौं, ९ पुस । नेपाल राष्ट्र बैंकले कर्जा लगानीमा सावधानी अपनाउन बैंक तथा वित्तीय संस्थालाई भनेको छ । चालु आर्थिक वर्षको चौथो महिनाको देशको आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो सुझाव दिएको हो ।

‘कर्जा प्रवाह र निक्षेप परिचालनबीच रहेको असन्तुलनमा सुधार ल्याउन बैंकहरुले कर्जा प्रवाहमा सावधानी अपनाउन आवश्यक छ,’ राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चार महिनामा कर्जा प्रवाह १७.५ प्रतिशत र निक्षेपमा १४.९ प्रतिशतले वृद्धि भएको छ ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाले कुल २४ खर्ब ८६ अर्ब निक्षेप संकलन गरेका छन भने २१ खर्ब ७ अर्ब कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकका अनुसार हाल बजारमा बैंक तथा वित्तीय संस्थामा ३३ अर्ब अधिक तरलता रहेको छ ।

केही बैंक तथा वित्तीय संस्थाले निक्षेप तथा कर्जा लगानी सीमा (सीसीडी रेसियो) कटाएको समेत बैंकरहरु नै बताएका छन् । राष्ट्र बैंकले भने अहिले अवस्था नियन्त्रणमा नै रहेको बताएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org