भ्रष्टाचार आरोपमा जेलमा रहेका साउदीका राजकुमारसँग ६ खर्ब धरौटी माग
एजेन्सी, ९ पुस । भ्रष्टाचारको अभियोगमा जेलमा रहेका राजकुमार अलवालेद बिन तलालसँग ६ अर्ब डलर अर्थात ६ खर्ब रुपैयाँभन्दा बढी धरौटी माग गरिएको छ । साउदी अरबका अधिकारीहरुले राजकुमारसँग यति धेरै रकम धरौटी माग गरेका हुन् ।
साउदीमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो धरौटी माग हो । यसका लागि उनको होल्डिङ कम्पनीको ठूलो हिस्सा सुम्पनुपर्ने हुनसक्छ । विन तलालको किङडम होल्डिङ कम्पनीको बजार मूल्य ९ बिलियन डलर मानिएको छ ।
नोभेम्बरमा पक्राउ परेका केही राजकुमारहरु ठूलो रकम धरौटी बुझाएर छुटिसकेका छन् । ६२ वर्षीय अल वालेद विश्वकै धनी व्यक्तिहरु मध्ये एक हुन् । अर्बपतिहरुको सूचीमा ५७ औं नम्बरमा रहेको उनको सम्पत्ति १८ बिलियन डलर मानिएको छ ।
जेलबाट छुट्नका लागि वालेदले एउटा सम्झौता गर्ने कोशिष गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राजकुमारहरु, मन्त्रीहरु र अर्बपतिहरुसहित दर्जनौं हाई प्रोफाइल व्यक्तिहरुलाई केही समयअघि भ्रष्टाचार आरोपमा पक्राउ गरेर रिट्ज काल्र्टोन जेलमा राखिएको थियो ।
Comments
अरु समाचार
-
पाकिस्तानमा राजनीतिक विवाद समाधान गर्न सत्तारूढ दल र विपक्षीबीच वार्ता
काठमाडौं । पाकिस्तान तहरीक–ए–केमा (पीटीआई) र सरकारबीच देशमा राजनीतिक तनाव कम गर्ने उद्देश्यले इस्लामाबादको संसद भवनमा वार्ता प्रक्रिया सुरु भएको...
-
टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु
काठमाडौं । टर्कीएको उत्तरपश्चिममा मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको स्थानीय...
-
मलेसियामा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु, ३३ घाइते
काठमाडौं । सोमबार राति उत्तरतर्फ जाने उत्तर–दक्षिण एक्सप्रेसवेको आयर केरोह रेस्ट र सेवा नजिक तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको...
-
स्पेसएक्सद्वारा २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा प्रक्षेपण
काठमाडौं । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले सोमबार २१ वटा स्टारलिङ्क उपग्रहहरू प्रक्षेपण गरेको छ । स्पेसएक्सका अनुसार पूर्वी समयको...
-
शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बङ्गलादेशको आग्रह
ढाका । बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भाग्नुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई...
-
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा सहभागी...
-
रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका एक हजार १०० सैनिकको मृत्यु
काठमाडौं । रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट...
-
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
काठमाडौं । पाकिस्तानको प्रान्त खैबर–पख्तुनख्वामा (के–पी) सरकारले जन्म, मृत्यु र विवाह प्रमाणपत्रहरू प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य गरेको छ...
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...