ताजा समाचार

प्रेममा रहेका देवर भाउजुले कुवामा हाम फालेर गरे आत्महत्या

एजेन्सी, ९ पुस । घरमा प्रेमलाई अस्वीकार गरेपछि देवर भाउजुले आत्महत्या गरेका छन् । भारतको बिहारस्थित जमुइ जिल्ला सोखो गाउँका चंदन कुमार दास र उनकी भाउजु विन्दु देवीले आत्महत्या गरेका हुन् । उनीहरु विगत ६ महिनादेखि एकअर्कासँग प्रेम सम्बन्धमा रहेका थिए ।

समाजले सम्बन्धको विरोध गरेपछि दुवैले सँगै आत्महत्या गरेका हुन् । उनीहरुले गाउँमै रहेको इनारमा हाम्फालेर आत्महत्या गरेका हुन् । यी दुईमध्ये देवर नाबालिग नै थिए । उनीहरुको मृत्युपछि गाउँलेहरुले उनीहरु प्रेममा रहेको बताएका हुन् ।

उनीहरु प्रेममा भएको कुरा घरमा थाहा भएको थियो । घरमा उनीहरु दुईबीचको प्रेमको विरोध भएपछि उनीहरुले सँगसँगै आत्महत्या गर्ने निर्णय गरेको अनुमान गरिएको छ । नातामा देवर भाउजु भएका कारण उनीहरुबीच मजाक चलिरहन्थ्यो । यही क्रममा उनीहरु प्रेममा परेको हुनसक्ने बताइएको छ ।

शुक्रबार साँझ अचानक दुवै घरबाट बेपत्ता भए । गाउँले र परिवारले उनीहरुलाई धेरै खोजे पनि केही पत्ता लाग्न सकेन । शनिबार बिहान इनारनजिकैबाट हिँडेका मानिसहरुले इनारको किनारामा चप्पल देखे । त्यसपछि उनीहरुले इनारमा हेर्दा एक महिला र एक पुरुषको शव तैरिरहेको थियो । गाउँलेहरुले प्रहरीलाई खबर गरे । प्रहरीले शव निकालेपछि उनीहरुको पहिचान खुलेको हो ।मृतक विन्दुको २ वर्षअघि चन्दनका दाजु उमेश दाससँग विवाह भएको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org