ताजा समाचार

विश्वभर क्रिसमस पर्व मनाइँदै फोटोमा हेर्नुहोस् विश्वभरको क्रिसमस

वासिङटन, १० पुस । विश्वका विभिन्न देशहरुमा आज क्रिसमस पर्व मनाइँदैछ । इसाई धर्मका प्रवर्तक जिसस् क्राइस्टिको जन्मदिनको अवसर पारेर आजका दिनलाई इसाई धर्मावलम्बीहरुले क्रिस्मस पर्व मनाउने गर्दछन् ।

यस पर्वका अवसरमा हुनसक्ने हिंसालाई लिएर यस पर्वको पूर्वसन्ध्यामा कडा सुरक्षा व्यवस्था अपनाइएको छ । कतिपय देशहरुले क्रिसमस र नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ सुरक्षा व्यवस्था लागू गरेको जनाएका छन् ।

यो पर्व मनाउने क्रममा विशेषगरी मुस्लिम देशहरुमा इस्लामिक अतिवादीहरुले क्रिस्मसको समयमा गर्नसक्ने हिंसालाई मध्यनजरगरी सुरक्षा व्यवस्था कडा बनाइएको अधिकारीहरुले जनाएका छन् ।

क्रिस्मस पर्व मनाउनका लागि निर्माण गरिएका केन्द्रहरु, चर्च तथा नयाँ वर्षको पूर्व सन्ध्यामा समारोहहरु आयोजना गर्ने गरिएका सार्वजनिक स्थलहरु, होटल रेस्टुरेन्ट, सपिङ मलहरु आदिमा निगरानी गर्नेगरी सुरक्षा बढाइएको छ ।

अमेरिकाका पनि विभिन्न स्थानमा क्रिस्मसको पूर्व सन्ध्यामा आयोजित क्रिस्मसका भोज एवम् सांस्कृतिक कार्यक्रमहरुमा बन्दुक हमला हुने त्रासले कडा सुरक्षा व्यवस्था अपनाइएको छ । रासस/सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org