ताजा समाचार

पार्टी एकताबारे छलफल गर्न वाम एकता संयोजन समितिको बैठक बस्दै

काठमाडौं, ११ पुस । एमाले माओवादीबीचको एकता संयोजन समितिको बैठक आज बस्दैछ । गत शुक्रबार माओवादी केन्द्रका अध्यक्षको व्यवस्तताका कारण बस्न नसकेको एकता संयोजन समितिको बैठक आज बस्न लागेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट फर्किएपछि बैठक बस्ने तयारी छ। बैठकको समय र स्थानबारे यकिन भइसकेको छैन। प्रचण्ड फर्किएपछि नै बैठकको स्थान तय हुनेछ। प्रचण्ड दिउँसो ३ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

प्रदेशसभाको समानुपातिकतर्फ मतपरिणाम आएपछि पहिलोपछि एकता संयोजन समितिको बैठक बस्न लागेको हो। शीर्ष नेता सम्मिलित संयोजन समितिमा पहिलो पटक एकताबारे छलफल हुन लागेको हो।

पार्टी एकताका विषयमा विभिन्न दृष्टिकोणबाट धारणा आइरहेका बेला संयोजन समिति बैठक तय भएको हो। चुनावी मोर्चा बनाएर गएका दुई दल एकीरकरण प्रयासमा छन्। तर, निर्वाचन परिणामपछि एकता कोर्षबारे गहन छलफल भइरहेको छैन।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org