ताजा समाचार

वाम एकता तोड्न र मधेशवादी दललाई सरकार सहभागी गराउँन दबाद दिँदै ‘रअ’ का प्रमुख नेपालमा

काठमाडौं, ११ पुस । बामगठबन्धनभित्र केही मतभेदहरु शृजना भइरहेका बेला भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सुटुक्क नेपाल आएको खुल्न आएको छ । नेपालको राजनीतिमा प्रत्यक्ष हस्तक्षेप गर्दै आएको भारतीय गुप्तचर संस्था ‘रअ’ ले नयाँ सरकार गठन र वाम एकता गठनको पूर्व तयारीमा रहेको बेला पाँच दलका शिर्ष नेताहरुसँग गोप्य भेट भएको हो ।

एक साताअघि नेपाल आएका ‘रअ’ प्रमुख अनिल धसमानाले राष्ट्रिय मान्यता पाएका पाँच दलका शिर्ष नेताहरुसँग गोप्य भेटघाट गरेका हुन् । नेपालका लागि भारतीय राजदूत मञ्जिव पुरी दिल्ली पुगेकै दिन अनिल नेपाल छिरेका थिए । उनले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारी निवास बालुवाटारमा तीन पटक भेट गरिसकेका छन् भने गत बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवासमा भेट गरेका छन् ।

ओलीपछि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका खुल्न आएको हो । शिर्ष दलका शिर्ष नेतालाई भेटिसकेपछि रअ प्रमुखले एमाले र मधेस केन्द्रीत दलका नेताहरुसँग सामुहिक र छुट्टा–छुट्टै भेट गरेको स्रोतले जनाएको छ ।

एमाले पार्टीका प्रभावशाली नेताहरुसँग उनले भेटघाट गरिरहेका छन् । भेटको उदेश्य एमाले माओवादीबीच हुन लागेको पार्टीका एकताका बिपक्षमा रहेको छ । एमाले र माओवादीबीच पार्टी एकता हुन नदिन रअ प्रमुखले एमालेकै प्रभावशाली नेताहरुलाई भेटिरहेका छन् । सरकारमा माओवादीलाई नभई मधेस केन्द्रीत दललाई सहभागि गराउन उनले जोड दिइरहेका छन् ।

तीन दिनअघि संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष ओलीबीच भेटघाट भएको थियो । भेटको साइत पनि रअ प्रमुखसँग रहेका एमालेका नेताहरुले गराएको स्रोतले बताएको छ । मधेस केन्द्रीत दललाई सरकारमा ल्याउने र माओवादीलाई सरकार बाहिर राखे गठबन्धन पूर्णरुपमा टुट्ने उनीहरुको बिश्वास छ ।

रअ प्रमुखको सल्लाहमै एमालेका केही नेताले फोरमलाई सरकारमा ल्याउने कोशिस गरिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई थाहा नै नदिन केही नेताले फोरमलाई सरकारमा आउन आग्रह गरेका थिए । फोरमलाई सरकारमा ल्याउन र माओवादीलाई बाहिर राख्न एमाले केही नेताले चाल चलेको माओवादी केन्द्रका अध्यक्ष दाहालले आइतवार चितवनमा सार्वजनिक गरेका छन् ।

उनै रअ प्रमुखको सल्लाहमा कांग्रेस सभापति देउवाले माओवादी अध्यक्ष प्रचण्डलाई पाँच बर्षका लागि प्रधानमन्त्री बन्न प्रस्ताव गरेको स्रोतले बताएको छ । प्रचण्डसँग भेट गर्दा रअ प्रमुख अनिलले पाँच बर्ष प्रधानमन्त्री बन्ने अबसर आएको बताएका थिए । तर प्रचण्डले देउवा र रअ प्रमुखको प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् । एमाले र माओवादीबीचको एकता टुटाउन कांग्रेस र भारतीय रअ प्रमुख लागेपनि दुई अध्यक्ष भने पार्टी एकताका पक्षमा दृढ रहेका छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org