ताजा समाचार

प्रचण्डलाई प्रधानमन्त्री बन्न कांग्रेससँगै राजपाको पनि अफर, अब के होला ?

काठमाडौं, ११ पुस । नेकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्ने अफर आएको छ । वाम गठबन्धनले बहुमत ल्याए पनि शक्ति बाँडफाँटबारे झमेला भइरहेको बेला राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र नेपाली कांग्रेसले प्रधानमन्त्री बन्न अफर गरेका हुन् । राजपाले प्रचण्ड भावी सरकारको नेतृत्व गर्न अग्रसर भएमा उनलाई सघाउन तयार रहेको बताएका छन्।

वामपन्थी गठबन्धनभित्र खिचलो बढिरहेको र नेपाली कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बन्न आग्रह गरेको भन्ने समाचारका माझ उनको त्यस्तो धारणा आएको हो । एमाले बाहेकको सरकारको नेतृत्व गर्न प्रचण्ड तयार भएमा कांग्रेससँगै तराई केन्द्रित दलहरुको पनि समर्थन अनिवार्य हुनेछ।

राजपाका केन्द्रिय सदस्य अनिल झाले भने, विगतमा विभिन्न कारणले प्रचण्डसँग सम्बन्ध रहनेरटुट्ने गरेको छ। तर यो देशमा पहाडी समुदायका सबै राष्ट्रिय नेताभन्दा मधेशी, आदिवासीर जनजाति, दलित, समावेशी र संघीयताको निम्ति उहाँ उदार नेता हो। उहाँलाई हामीले सहयोग गर्नुपर्छ।

यसअघि नेपाली कांग्रेसले पनि प्रचण्डलाई सरकारको नेतृत्व गरे सहयोग गर्ने बताएको थियो । वाम एकताको तयारी रहेका एमाले र माओवादीबीच एकता हुन नदिन कांग्रेसले यस्तो अफर गरेका थियो । तर प्रचण्डले उक्त अफर अस्वीकार गरेका थिए । अहिले भने फेरी राजपाले त्यही अफर दोहोर्‍याएको हो ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org