ताजा समाचार

सशस्त्र प्रहरीको मुख्यालय आगलागी: महत्वपूर्ण कागज नष्ट गर्न हवल्दारले आगो लगाए

काठमाडौं, ११ पुस । सशस्त्र प्रहरीको मुख्यालयमा गत सोमबार राति भएको आलगालीमा सशस्त्र प्रहरीकै अधिकारीको संलग्नता रहेको पाईएको छ । काठमाडौंको हलचोकमा रहेको सशस्त्र प्रहरीको मुख्यालयमा गत सोमबार राति साढे १ बजे स्टोर भनवमा भएको आगलागीमा सशस्त्रकै प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठको संलग्नता रहेको खुलेको हो ।

महानगरीय अपराध महाशाखाको अनुसन्धानले घटनामा श्रेष्ठको संलग्नता देखिएपछि उनलाई प्रहरी परिसर, स्वयम्भूको टोलीले पक्राउ गरेको प्रहरी परिसर, स्वयम्भूले जनाएको छ । घटनामा सशस्त्र प्रहरीको केही महत्वपूर्ण सामग्री जलेर नष्ट भएको थियो । आगलागीबाट २२ लाख रुपैयाँ बढीको क्षति भएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी बाबुराम पाण्डेले जानकारी दिए ।

कुनै गोप्य कागजहरु जलाउने उद्देश्यले आगलागी भएको हुन सक्ने आशंकामा अनुसन्धान थालिएको थियो । आगलागीपछि नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले घटनास्थल पुगेर मुचुल्का तयार पारेको थियो । घटनाको अनुसन्धानमा प्रशासन विभागका एआइजी प्रेम शाहीको संयोजकत्वमा छानबिन समिति समेत गठन भएको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org