ताजा समाचार

सौराहा ल्याण्डिङ हुँदै प्रधानमन्त्री देउवाले हात्ती दौडको उद्घाटन गरे

चितवन, ११ पुस । चितवनको सौराहामा हात्ती महोत्सव सुरु भएको छ । मंगलबारदेखि सौराहाको वाघमारा चौरमा सुरु भएको हात्ती महोत्सव १५ गतेसम्म चल्नेछ । महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् ।

सौराहामा हात्ती महोत्सव हरेक वर्ष हुने गरेको छ । ‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ हुने १४ औं संस्करणको हात्ती महोत्सवको मूल उद्देश्य सौराहाको आन्तरिक तथा बाहृय पर्यटकलाई आर्कषित र वृद्धि गर्ने रहेको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।

हात्ती महोत्सवमा हात्ती सफारी र हात्तीका गतिविधि हेर्न मानिसहरु पर्यटकीय नगरी सौराहामा आउने गर्दछन् । यस बर्ष महोत्सवमा हात्तीको वनभोज, फाष्टवाक, हात्तीका छावाहरूको फुटबल प्रतियोगिता महोत्सवको आर्कषण हुन् । त्यसैगरी हात्तीपोलो, हात्ती पेन्टिङ, वार्थिङ कार्यक्रमका साथै गाडा र टाँगा दौड प्रतियोगितालाई पनि समावेश गराइन्छ ।

हात्ती वनभोजमा १ सय हात्ती सहभागी गराइने महोत्सव संयोजक दीपक भट्टराईले जानकारी दिए । सौराहामा ५७ वटा निजी हात्ती छन्, जसमध्ये ७० प्रतिशत महोत्सवमा सहभागी हुनेछन् । साथै अन्य निकुञ्जका हात्तीहरु पनि सहभागी हुन्छन् ।

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org