ताजा समाचार

वाम एकताका कारण माओवादी फुटको संघारमा, गोपाल किरातीको नेतृत्वमा समूह गठन

काठमाडौं, ११ पुस । माओवादी केन्द्र फुटको संघारमा पुगेको छ । एमालेसँग पार्टी एकतालाई लिएर माओवादी फुटको संघारमा पुगेको हो । पार्टी एकतालाई लिएर असन्तुष्टि जनाउँदै आएका माओवादी केन्द्रका नेताहरुले गोपाल किरातीको नेतृत्वमा ‘आठौं महाधिवेशन समूह’ बनाएका छन् ।

मंगलबार भएको भेलाबाट किरातीको संयोजकत्वमा आठौं महाधिवेशन समूह गठन गरेका हुन् । उनीहरुले अध्यक्ष प्रचण्डलाई पत्र लेख्दै महाधिवेशन आह्वान गर्न माग गरेका छन् ।

समूहले महाधिवेशन आयोजनाको पक्षमा अन्तसम्मै अन्तरपार्टी दुई लाइन संघर्ष गर्ने निर्णय गरेको छ । तर, माओवाद र पहिचानको मुद्दा धरापमा पारेर एकता गरे पार्टी पुनर्गठन गरेर अघि बढ्न बाध्य हुने नेता किरातीको भनाई छ ।

जनप्रतिनिधिहरु सदन र सरकारको मोर्चामा सक्रिय हुनुपर्ने भन्दै सडक मोर्चालाई प्रभावकारी बनाउन महाधिवेशनको माग गरिएको किरातीले बताए । उनले भने, ‘जनप्रतिनिधिहरु सदन र सरकारको मोर्चामा हुन्छन्, सडक मोर्चालाई अझ प्रभावकारी तुल्याउन तत्काल पार्टी महाधिवेशन जरुरी छ ।’

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org