ताजा समाचार

गाडीको भाडा बढाउन यातायात व्यवसायीको सरकारलाई दबाव

काठमाडौं, ११ पुस । सार्वजनिक यातायातको भाँडा बढाउन व्यवसायीहरु सक्रिय हुन थालेका छन् । यातायात व्यवसायीले सवारीको भाडा बढाउन सरकारलाई दबाव दिन थालेका हुन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भाडा समायोजन नगरी अन्य कुनै सरकारी निति नियमका कुराहरु सुन्न आफुहरु तयार नभएको बताएका छन् ।

सरकारले सार्बजनिक यातायातमा बालश्रम रोक्नपर्ने तथा गाडीमा बजाईने गीतमा संगीतकारलाई बार्षीक रोयल्टी बुझाउनुपर्ने आदि बारे छलफलका लागी डाकिएको बैठकमा सिटौलाले शुरुमै भाडादर समायोजन बाहेकका कुराहरु सुन्न आफुहरु तयार नभएको आक्रोश ब्यक्त गरे ।

मंगलबार यातायात व्यवस्था विभागमा सार्वजनिक सवारीमा बालश्रमिक प्रयोग रोक्नेबारे भएको छलफल कार्यक्रममा पुगेका महासचिव सरोज सिटौलाले भाडा नबढेसम्म सरकारले आयोजना गर्ने सबै कार्यक्रम र बैठक बहिस्कार गर्ने बताउँदै बैठकस्थलबाट निस्किए ।

व्यवसायीले सार्वजनिक यातायातमा कन्डक्टरका रुपमा रहेका बाल श्रमिक हटाउनेजस्तो महत्वपूर्णमा मुद्दालाई भाडा बढाउने अडानमा लगेर बार्गेनिङ थालेका छन् । काठमाडौंमा झण्डै ४ सय बालश्रमिकहरु सार्वजनिक सवारीमा काम गरिरहेको तथ्यांक सरकारसँग छ ।

सिटौला निस्किएपछि विभागमा महानिर्देशक रुपनारायण भट्टराईले यायातयात क्षेत्रमा सचेतनाको अभियानले काम नगर्ने भन्दै बालश्रमिक राख्ने व्यवसायीलाई ‘डण्डा’ नै चलाउनुपर्ने बताए । उनले व्यवसायीले आफ्नो नाफा हुने पक्षमा मात्रै बोल्ने भन्दै सरकारले आफ्नो काननु पालना गराउने दायित्व बमोजिम काम गर्नुर्पे बताए । भाडा समायोजनको अडान राख्दै व्यवसायीले सरकारलाई झुकाउन खोजेको टिप्पणी पनि गरे । यस अघि २०७२ को माघमा भाडा समायोजन गरीएको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org